दाङ । नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय कार्यालय बेलझुण्डी र सेवा आयोगमा विभन्न विद्यार्थी संठनहरुको आन्दोलनले महिनौदेखि ताला भुण्डिएका छ । स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, नेपाल विद्यार्थी संघ लगायतले विभिन्न माग राखेर करिब २ महिना ताला बन्दी भएको थियो । उक्त ताला गत साउन २६ गते खुल्यो । यसैगरी सेवा आयोगमा लागेको ताला पनि दुई महिनापछि गत खोलिएको थियो । तर, ताला खुलेको केही दिनमै दुबै ठाउँमा विभिन्न माग राखेर अखिल (क्रान्तिकारी) दाङले भदौ ४ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेको छ ।
अखिल (क्रान्तिकारी) केन्द्रिय आयुर्वेद विद्यापीठ मूल इकाई कमिटीका अध्यक्ष गणेश पौडेलका अनुसार विश्वविद्यालयमा परीक्षा भइरहेको समयमा नेविसंघले प्रश्नपत्र बाहिरिएपछि तालाबन्दी गरेको थियो । यस्तै उनले परीक्षामा जति पनि आवेदन दिन लागेका छन् उनीहरूको आवाजको प्रतिनिधित्व गरेर अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको समेत बताए ।प्रश्नपत्र बाहिरिएपछि विश्वविद्यालयलाई उच्चस्तरीय छानविन गर्न आग्रह गर्दा गर्दै पनि त्यही प्रश्नपत्रबाट परीक्षा गराउन खोजेपछि सङ्गठनले बाध्य भएर तालाबन्दी गरेको उनको भनाइ छ ।
पछिल्लो ४ वर्षमा आफूहरूले प्रथम पटक बाध्य भएर तालाबन्दी गर्नु परेको समेत उनको भनाइ छ । कुलसचिवले कुलपति वा सभापतिबाट गर्नु पर्ने निर्णय आफ्नो एकलौटी ढंगले निर्णय गरिरहँदा आफूहरूले बाध्य भएर तालाबन्दी गरेको समेत उनले बताए ।पटक पटक खुल्ने र बन्द सेवा आयोगको परीक्षाले गर्दा परीक्षार्थी समस्यामा परेको गुनासो गरेका छन् ।