कपिलवस्तु –
कपिलवस्तुमा धार्मिक सहीष्णुता र सामाजिक सदभाव कायम गर्न ७ बुदे प्रतिबद्धता जनाइएको छ । जिल्ला सुरक्षा समिति, राजनीतक दल धार्मिक संघ सस्था लगायतका सराकारवालाको जिल्ला प्रशासन कार्यालयमा सामाजिक सदभाव कायम गर्न बसेको समन्वयात्मक बैठकमा सो प्रतिबद्धता जनाइएको हो । जिल्लामा कुनै पनि धार्मिक घटना हुन नदिनका लागि सहकार्य सहितको सामूहिक प्रतिबद्धता जनाइएको हो ।पछिल्लो समय देशका बिभिन्न स्थान धर्म, भाषा, सम्प्रदाय,क्षेत्रीयता र समहुको नाममा उच्छृखल र साम्प्रदायिक गतिबिधि बढदै गएकाले यस्ता गतिबिधि जिल्लामा समेत हुन सक्ने भन्दै यस्ता गैर कानुनी कृयाकपाललाई रोक्न पुर्ण प्रतिबद्ध रहने जनाइएको छ ।
आ आफनो आस्था अनुसार परापुर्वकाल देखि चल्दै आएको धर्म संबिधानले प्रदत्त गरको अधिकार बमोजिम मान्ने र धार्मिम सदभाव बिथाल्ने कुनै गतिबिधि नगर्ने र आपसी एकता र सदभाव कायम गरिनेछ ।
शान्ति सुरक्षा र आपसी सदभावकालागि एकआपसमा समझदारी कायम गरी अघि बढने । धार्मिक कार्यक्रम गर्दा बिशेष सजगता अपनाउने, सदभाव र्याली गर्दा अर्को पक्षलाई सम्मान गर्ने तथा दुई पक्षले कार्यक्रम गर्दा फरक समय र फरक स्थानमा गरिनेछ । नजिकिदै गरको चाडवाडको समयमा बिशेष सजग रहने तथा अन्य पक्षलाई आघात हुने कु्नै काम नगर्ने प्रबिबद्धता जनाइएको छ ।
प्रजिअ शंकरहरि आचार्यको अध्यक्षता र बावुराम पोख्रेलको संचालनमा भएको बैठकमा जिल्ला समन्वय प्रमुख बावुराम आचार्य, पुर्व प्रतिनिधि सभा सदस्य अतहर कमाल, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडल बाणगंगा नगरपालिकाका मेयर चक्रपानि अर्याल, शिवराज नगरपालिकाका मेयर अजय थापा, सुद्धोदन गाउपालिकाका प्रमुख कमलेशशरण चौधरी, प्रहरी उपरिक्षक नवरत्न पौडेल, सशस्त्र प्रहरी उपरिक्षक जीवन केसी एमालेका जिल्ला नेता कैलाश अग्रहरी , कांग्रेस नेता रामआषिष पाण्डेय, माओबादी केन्द्रका नेता कमल चुदाली राप्रपा जिल्ला अध्यक्ष नारायण बहादुर सिंह, नेकपा एसका गीता अन्जान लगायतको सहभागीता थियो ।