भैरहवा –
भारतबाट तस्करी गरि ल्याइएको कपडाहरु भैरहवा भन्सार कार्यालयले छापा हानी बरामद गरेको छ । शसस्त्र प्रहरीको मिलामतोमा तस्करहरुले भारतबाट ल्याई गोदाममा रहेको अवश्थामा भन्सारले छापा हानेको हो । भैरहवा भन्सार कार्यालयका सूचना अधिकारी नारायण दत्त जोशीका अनुसार बिशेष सूचनाको आधारमा आईतबार दिउसो रोहिणी गाउँपालिका वडा नम्बर ५ तरकुलहा बस्ने महेन्द्र यादव र ईश्वर यादवको घरमा छापा मारिएको थियो ।
भन्सार कार्यालयले उनिहरुको घरबाट भारतबाट चोरि पैठारी गरि गोदाममा राखेको करिब २० लाखको लेडिज सुट, सारी, जयपुरी सुट, लेडिज टप तथा टपसेट, लेडिज लुङ्गी, महिलाको डे«समा प्रयोग हुने कपडा र लेमिनेशन पेपर बरामद भएको जोशीले जानकारी दिए । रुपन्देहीको पूर्वि क्षेत्र पजरकट्टि र बोदवार अन्र्तगत रहेका बुची, बरवा, अमवा, भगवानपुर र मैनिहवा नाकाबाट कपडा तस्करी हुने गरेको छ । बिभिन्न नाकाहरुबाट लामो समय देखि शसस्त्र प्रहरीको संलग्नतामै कपडा लगायतको समान तस्करी भई रहेको थियो ।
रोहिणी गाउँपालिका वडा नम्बर ५ बस्ने महेन्द्र यादव र ईश्वर यादवको तस्करीमा संलग्न रहेका थिए । भारतबाट कपडा ल्याई आफ्नै घरमा रहेको गोदाममा राख्ने र त्यहीबाट बिभिन्न स्थानमा पु¥याउने गरेका थिए । श्रोतका अनुसार यस कामको लागि उनीहरुले शसस्त्र प्रहरी बेसक्याम्प पजरकट्टि र शसस्त्र प्रहरी बेस क्याम्प बुची बरवालाई मासिक ३५र३५ हजारको लाईन दिने गरेका छन् । तर शसस्त्र प्रहरीले तस्करीमा आफ्नो संलग्नता नरहेको बताएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रुपन्देही नम्बर २७ गणका सशस्त्र प्रहरी नायब उपरिक्षक दुर्गा थापाले शसस्त्र प्रहरीले “शून्य सहनशिलता” को निति अंगिकार गरेको दावी गरे । उनले भन्सार कार्यालयले शसस्त्र प्रहरीकै समन्वयमा छापा हानेको बताए । “बरामद गरेको स्थल नवलपरासी ९पश्चिम० नजिकै रहेको छ,” थापाले भने “समान उताबाट आयो कि यतैबाट आयो आन्तरिक अनुसन्धानको क्रममै रहेका छौं ।”