कपिलवस्तु नारायण पाण्डे
कपिलवस्तु जिल्लामा प्रहरी प्रमुख एवम् प्रहरी उपरिक्षक नवरत्न पौडेल आएसंगै जिल्लामा हुने विभिन्न सामाजिक विकृति र विसंगति रोकिएको आभाष भएको स्थानीयले बताएका छन् । जिल्लामा हुने अशान्ती, तस्कर, विभिन्न धर्म बिच हुने द्धन्द्ध लगायत समाजमा अशान्ती फैलाउने खालका क्रियाकलापमा प्रहरी उपरिक्षक पौडेलको नजर परेसंगै कमी भएको छ ।
देशभरका मुस्लिम समूदायले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती ९मोहम्मद डे० मनाईरहदा कपिलवस्तुमा विगतका बर्षमा विभिन्न दंगा हुदै आएका थिए तर उपरिक्षक पौडेलले त्यस तर्फ चासो दिएसंगै शान्तीपुर्वक मनाईएको छ ।
प्रहरी उपरिक्षक पौडेलले नागरिक विना वर्दीको प्रहरी रहेको बताउनुभएको छ । प्रहरी उपरिक्षक पौडेलले शान्ति सुरक्षा र अपराधमा कुनै पनि सम्झौता नगर्ने बताउनु भएको छ । नागरिकको शान्ति सुरक्षाको ग्यारेन्टी लिएर आफूहरूले काम गर्ने बताउनुभयो । नागरिकको शान्ति सुरक्षा अमन चयन कायम गर्ने र अपराध नियन्त्रण गर्ने आफ्नो प्रमुख भुमिका रहने उहाँले बताउनुभयो ।
प्रहरी उपरिक्षक पौडेलले सिमा सुरक्षा, लागु औषध, तस्करी नियन्त्रण लगायतका सवालमा आफ्नो ध्यान केन्द्रित रहने बताउनुभयो । कपिलबस्तु हुदैं भारतबाट नेपालमा धार्मिक यात्राका लागि आउने पर्यटकलाई दुःख दिने काम नगरिने बताउनुभयो ।
जिल्लामा आएको छोटो समयमै विभिन्न फरार प्रतिवादी पक्राउ, सिमा सुरक्षा, लागु औषध न्युनिकरण लगायतमा एक्सनमा आएसंगै जिल्लामा खोजेजस्तो एस।पि।आएको जिल्लाका बुद्धिजीविले बताएका छन् ।
उहाँले धेरै बोल्नु भन्दा काम गरेर जनताको जनधनको सुरक्षा गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो ।