२०८० आश्विन १५, सोमबार ०७:१६

कपिलवस्तु
नेकपा एमाले बाणगंगा नगर कमिटीले असोज २० देखि कार्तिक २० गते सम्म जनताबाट निर्वाचित जनप्रतिनिधीलाई जनताकै घरदैलोमा लैजाने कार्यक्रम तय गरको छ । आईतबार सम्पन्न नगर सचिवालयको बैठकले एक महिनाको कार्य तालिका सार्वजनिक गरेको हो । बाणगंगाका ११ वटै वडामा वडाबाट निर्वाचित जनप्रतिनिधी, नगरका मेयर उपमेयर , प्रदेशे सांसद र सघीय सांसदको टोली हरेक टोल बस्तीमा पुग्ने कार्यक्रम तय गरेको हो ।बैठकमा पार्टीका केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपानेले एमालेबाट निर्वाचति जनतप्रतिनिधी जनताको सुझाव, सल्लाह र गुनासो सुन्न घरदैलोमा जान लागेको बताउनुभयो ।

यस्तै जिल्ला अध्यक्ष डम्मर शर्माले एमाले कपिलबस्तुले पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधीहरुलाई जनता समक्ष पुग्ने गरि आसोज २० देखि कार्तिक २० गते सम्म कार्यक्रम संचालन हुने बताउनुभयो ।यस्तै बैठकमा एमाले प्रदेश क्षेत्र नं। १।१ का संयोजक भेषराज पाण्डेले वडा भित्र हुने कार्यक्रमको स्वरुप बारे जानकारी दिनु भएको थियो । बैठकमा बोल्दै बाणगंगाका मेयर चक्रपाणी अर्यालले नगरको काम र घर दैलोको कामलाई व्यवस्थीत गर्न १ दिन फील्डमा र १ दिन कार्यालयमा कामगर्ने गरि व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।नगर अध्यक्ष युवराज पोख्रेललको अध्यक्षता, सचिव विष्णु गीरीको संचालनमा भएको बैठकमा जिल्ला उपाध्यक्ष विश्राम प्रसाद थारले जनताको गुनासो आक्रोसलाई धैर्यतापुर्वक सुन्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय