२०८० आश्विन १५, सोमबार १३:०३

कपिलवस्तु,
रास्वपाका प्रदेश शिक्षा विभाग प्रमुख रोमनाथ बरालको निधन प्रति राष्ट्रिय स्वतन्त्र पाटीले शोक सभा गरेको छ । गत असोज १० गते राति मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउनु भएका रास्वपा प्रदेश शिक्षा विभाग प्रमुख तथा प्रदेश सदस्य रोम बरालको परिवार लाईभेटी रमेश प्रसाईँले शोक व्यक्त गर्नु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंले स्वर्गीय रोम बरालको परिवार सँग सिङ्गो पार्टी पङ्ती साथमा रहेको बताउनु भएको छ ।


आइतबार साँझ प्रसाईँ सहित शंकर श्रेष्ठ, विभागीय प्रमुख बिपिन सुवेदी लगायत ५ जनाको टिम कपिलवस्तुको बाणगङ्गा २ पिपरा स्वर्गीय बरालको निवासमै पुगी समवेदना प्रकट गरिएको हो । बरालले देख्नु भएको सपना पुरा गर्ने जिम्मा अब पार्टीको रहेको बताउनु भएको छ ।

उहाँको परिवार सँग सँधै पार्टी साथमा रहने प्रसाईँले प्रतिवद्धता व्यक्त गर्नु भएको छ । पार्टी सभापति रबि लामिछाने शनिवार साँझ बरालको निवासमा आउने भनिएता पनि वर्षाका कारण वायु उडान प्रवाहित भएकाले भैरहवा देखि काठमाडौँ को हवाइ उडानमा मौसमले साथ नदिदा उहाँको उपस्थित हुन नसकेको प्रदेश प्रवक्ता कमल पोख्रेलले जानकारी दिनु भएको थियो ।

समय मिलाएर स्वर्गीय बरालको निवासमा सभापति लामिछाने छिटै नैे आउने कुरा जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय