२०८० आश्विन १७, बुधबार ०९:५८

शागर बेल्बासे, कपिलवस्तु

नेपाली इतिहासमा प्रजातन्त्रको बिजारोपण गरेको नेपाली कांग्रेस,ने क पा (मौजुदा एमाले )र बन्दुकको नालबाट सत्ता कब्जा गरि देश र जनतामा अमन चयन सहितको समृद्धि को सपना बांडेर पछिल्लो समयमा १७००० जनताको रगत आहुती सहित आएको यो ब्यबस्थामा बिना गोला बारुद,बिना नेपाल बन्द,बिना भौतिक लडाइ नौलो क्रान्ति को घण्टी को कडा प्रहार देखिएको छ।कुनै पनि खास जन्मको अर्थपूर्ण कारण हुन्छ।

करिब ७२/७३ बर्सको नेपाली राजनीति को हालिमुहालि नै राष्ट्रिय स्वतन्त्र पार्टी को खास गर्भ देखिएको छ।करिब १ बर्स अगाडि सम्मका नेपाली राजनैतिक सबै दलका लिपिबद्द विधि बिधान अनुरुपको पछिल्लो नेतृत्व भैदिन्थ्यो भने रास्वपा अझै लामो समय गर्भमै रहन्थ्यो होला। जनजिविकाको प्रभावशाली सवाल उठाएर ब्यबस्था उल्टाउन सफल देखिए पनि हाम्रो हैसियतका लागि र ब्याक्तिबादी समृद्धि बाहेक देस र जनताका लागि उपलब्धि शून्य जस्तै सावित भएको छ।बहुदलीय प्रजातान्त्रिक ब्यबस्था मै खुल्ला र भुमिगत रुपले क्रान्ति र शान्ति का नाममा गरिएका १२ बुंदे सहमति ,बिस्तृत शान्ती सम्झौता हुँदै २५० बर्सको एउटा ब्यबस्था को अन्त्य गरि गर्भ गर्दै गर्दा राजनैतिक रुपले विश्व मान चित्रमै भिन्न चित्रण नेपाली राजनीतिको देखिएकै हो।

आफ्नो हैसियत मापन नगरी वा अर्काको देखासिकी ले कुनैपनि ब्यबस्था प्रत्यक्ष प्रयोगमा नभोगुन्जेल कल्पना मा पुर्णतः सफल नहुने कुरा पछिल्लो समय हरेक क्षेत्र ले महसुस गराएको छ।स्थापित राजनैतिक दल का नाममा देखिएका कांग्रेस ,एमाले र माओवादी को गठबन्धनका बिरुद्ध आज बाणगङ्गा नगरपालिका वडा नम्बर ८ को नवप्रभात सामुदायिक बन को निर्वाचन मा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएका राजेन्द्र क्षेत्रीले २२९ मत ल्याइ दोस्रो स्थान मा आउनु भएको छ।त्यसै गरि ज्ञान प्रसाद पौडेलले २०३ र ३ दलिय गठबन्धनका पात्र मित्रलाल कंडेल ले २९९ मत ल्याइ बिजेता बन्नुभएको छ।तीन दलिय सहमतिमा अध्यक्ष लगायत का अधिकांस पद यस अघि नै बांडफाड भैसकेका छन।यो मत परिणाम ले ल्याएका पात्र लाई समेत जिम्मेवार ढङ्गबाट कार्य सम्पादन गर्न नैतिक रुपले दिशा निर्देस गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय