२०८० आश्विन २१, आईतवार ०७:१४

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ७ स्थित फुलबारी सामुदायिक बन उपभोक्ता समूहको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आयोजित साधरणसभालाई उदघाटन गर्दै बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले सामुदायिक बन समाजको गहना भएको भन्दै बनको संरक्षण, सम्बद्र्धनमा सम्पूर्ण उपभोक्ता एक भएर लाग्नुपर्ने बताए । उनले वनको ४० प्रतिशत रकम वन विकासमा र ३० प्रतिशत महिला सीप बिकास तथा स–शक्तिकरणमा खर्चिनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले सामुदायिक बनले गरेका उदाहरणीय बिकास निर्माणका कार्यको प्रशंसा गर्दै छाडा पशु चौपाया ब्यस्थापन गर्न सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
यसैबिच बनले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना उपभोक्ता भित्रका विपन्न ,निम्न आय स्तर भएका तथा अति बिपन्न परिवारका लागि विभिन्न सहुलियत ब्याजदरमा ऋण प्रवाह गरि आयमुलक कार्यमा टेवा पु–याएको, सबै कार्यक्रमहरूमा निम्न आय भएका उपभोक्ताहरूलाई प्रथमिकतामा राखी रोजगारको ब्यस्था गरीएका जस्ता महत्त्वपूर्ण उपलब्धिहरु सार्वजनिक गरिएको थियो ।

साधारण सभा कार्यक्रममा वनका लेखा समिति संयोजक झगेश्वर अर्यालले लेखा प्रतिवेदन प्रस्तुत गर्दै गत एक आर्थिक वर्षको अवधिमा सामुदायिक वनबाट समुहमा ३१ लाख ६४ हजार १७१ रुपैँया आम्दानी भएको बताएका छन् ।

त्यस्तै समूहका कोषाध्यक्ष अमर बहादुर गुरूङले आर्थिक प्रतिवेदन पेश गर्दै २ करोड ५९ लाख १८ हजार आयब्यय सहित चालु आिर्थक वर्ष २०८०÷०८१ का लागि अनुमानित २ करोड ६२ लाख ९५ हजार बराबरको बजेट पेश गरेका थिए ।

कार्यक्रममा विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी, स्थानीय समाजसेवी, बुद्धिजीवी, पत्रकार, उपभोक्ताहरूको सहभागीता रहेको साधरणसभा बनका अध्यक्ष जयलाल गिरीको अध्यक्षता, सामुदायिक बन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई , वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरी लगायतको बिशिस्ठ आतिथ्यता रहेको थियो । कार्यक्रम कृष्णप्रसाद गैरेको स्वागत मन्त्ब्य र मिना थापा क्षेत्रीको सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय