कपिलवस्तु नारायण पाण्डे
नेकपा एमाले वाणगंगा नगर कमिटीको आयोजनामा शुभारम्भ भएको १ महिने जनता सँग जनप्रतिनिधि अभियान अन्र्तगत आज बाणगंगा नगरपालिका वडा नं ७ मोतिपुर र गौडीचोकमा जनभेटघाट ,छलफल तथा गुनासा ,सुझाव ग्रहण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी,कपिलवस्तुको निर्णय अनुसार नेकपा ९एमाले० बाणगंगा नगर कमिटीले आज असोज २० गतेदेखि कार्तिक २० गतेसम्म एक महिने जनतासँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
जस अन्र्तगत आज भएको कार्यक्रममा जनताले बाटो निर्माण, सिंचाई सुविधा, सुरक्षित खानेपानी,नदिमा तटबन्धन, नाली निर्माण, बिजुली बत्ती,पुल, भुमिहिन तथा अव्यवस्थित बसोवास गर्नेहरुका लागी जग्गा धनी पुर्जा, छाडा चौपाया व्यवस्थापन लगायका बिषयमा जनप्रतिनिधी सँग माग गरेका छन् ।
जनताले राखेको प्रश्न जिज्ञासा तथा सुझावका बिषयमा प्रतिनिधी सभा सदस्य तथा संघिय सांसद बलराम अधिकारी, लुम्विनी प्रदेश सांसद बिष्णु पन्थी, बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याल, उप प्रमुख रिता चौधरी,नेकपा ९एमाले० जिल्ला उपाध्यक्ष बिश्राम प्रसाद थारु बाणगंगा नगरपालिका वडा नं ७ का वडाध्यक्ष बिष्णु गिरीले बोल्नु भएको थियो । कार्यक्रममा नेकपा ९एमाले० का केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपाने, नेकपा ९एमाले० जिल्ला अध्यक्ष डम्मर शर्मा, पार्टी जिल्ला सचिवालय सदस्य भेषराज पाण्डेय,बिश्व कार्की,सचिवालय सदस्य तथा प्रचार बिभाग प्रमुख लक्ष्मण बेल्वासे,जिल्ला सदस्य उमानाथ पौडेल,मञ्जु चौधरी नगर कमिटी सदस्य प्रताप गिरी,भिम बहादुर थापा,वडा नं ७ का वडा सदस्य मुम बहादुर पाण्डे,हरि शंकर पौडेल पार्वती सुनार,सावित्रा थारु लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेकपा एमाले बाणगंगा नगर अध्यक्ष युवराज पोख्रेलको संचालन र प्रदेश क्षेत्र १।१ का संयोजक भेषराज पाण्डेको सहजीकरणमा सम्पन्न भएको थियो ।