२०८० कार्तिक १६, बिहीबार ०८:४६

कपिलवस्तु. नारायण पाण्डे

क्षयरोग मुक्त नेपाल अभियान कार्यक्रम अन्तरगत बाणगंगा नगरपालिका वडा नं. ४ ले वडा स्तरिय सुक्ष्म योजना निर्माण गरेको छ । योजना अनुसार वडाको क्षयरोग सम्भावित टोलमा गई क्षयरोग निदानका लागि खकार संगै सचेतना कार्यक्रम संचालन गर्ने योजना निर्माण गरेको छ ।

जनप्रतिनीधी, स्वास्थ्य चौकी व्यवस्थापन समिती, वडाका टोल विकास संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगाएतको समन्वयमा आगामी कार्यक्रम संचालन गरिने छ ।

वडा अध्यक्ष एवं गजेहडा स्वास्थ्य चौकी व्यवस्थापन समिती अध्यक्ष छवि रेश्मी मगरको अध्यक्षता स्वास्थ्य चौकी प्रमुख द्रोण प्रसाद बेल्बासेको संचालन एवं स्वस्थ्य शाखा प्रमखु ठगराज पौडेल र क्षयरोग संयोजक विष्णु आर्यालको सहजिकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनप्रतिनिधी, स्वास्थ्य चौकी व्यवस्थापन समिती, वडाका टोल विकास संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका लगाएतको समन्वयमा आगामी कार्यक्रम संचालन गरिने छ । बाणगंगा नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने उद्धेश्य अनुरुप कार्यक्रम गरिएको हो ।

कार्यक्रम अन्तर्गत पालिकाले क्षयरोगका बिरामीलाई गुणस्तरीय घरधुरी शङ्का लागेकाको परीक्षण गर्ने, वडास्तरमा सुक्ष्म योजना बनाएर गाउँमा स्वास्थ्यकर्मी परिचालन, नगर र वडास्तरमा समिति गठन लगायतका कार्य थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय