२०८० कार्तिक २०, सोमबार २२:३८

गजेहडा नारायण पाण्डे

कपिलवस्तुको बाणगंगा–४ स्थित वाणगंगा माध्यमिक विद्यालय ठाकुरापुरले लामो समयपछि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष चयन भएको छ । वडा नम्बर ४ गजेहडामा स्थायी घर भएका समाजसेवी कृष्ण कुँवलाई ८ बर्षपछि अध्यक्ष चयन भएका हुन ।

विद्यालय व्यवस्थापन समितिका उपस्थित सदस्यको बहुमतले सोमबार कुँवरलाई अध्यक्ष चयन गरेको बैठकको अध्यक्षता गरेका हरि पौडेलले बताए । पौडेलले प्रकृया र नियम अनुसार नै अध्यक्ष चयन गरिएको बताउँदै वडा नं। ४ का वडा अध्यक्ष छवि रेश्मी करिब डेढ घण्टा विद्यालयमा आएर अध्यक्षता नगरेपछि जेष्ठ नागरिकको हैसियतले मेरो अध्यक्षतमा बैठक बसी कुँवरलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाइएको बताए । विद्यालयमा अध्यक्ष चयन भएपछि कुँवरले विद्यालयलाई नमुना बनाउने प्रतिक्रिया दिएका छन् ।

बाणगंगमा अध्यक्ष चयन भएसँगै बाणगंगाको राजनीति तरङ्गित भएको छ । बाणगंगा नगरका अधिकृत राजकुमार तिवारीद्वारा हस्ताक्षरित पत्र सार्वजजिक भएसँगै थप तरङ्गित भएको हो ।

यस्तो छ नगरपालिकाले विद्यालयलाई काटेको पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय