काठमाडौं, २६ कात्तिक ।
पूर्वी नवलपरासीको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। देवचुली नगरपालिका गोरे घुम्ति भन्ने ठाउँमा आइतबार लु १ ज ३२७० नम्बरको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले जानकारी दिइन् ।
मृतकमध्ये ३ जना महिला र ३ पुरुष छन्। साथै, घटनामा एक जना गम्भीर घाइते भएका छन् । मृतक कसैको पनि सनाखत भएको छैन । नवलपरासकै वौदिकाली गाउँपालिकाको माझडाँडाबाट महेन्द्रराजमार्गको दलदले बजारतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको हो । ब्रेक फेल भएर जिप दुर्घटनामा परेको प्रहरीको अनुमान छ ।