२०८० मंसिर १३, बुधबार ०९:०२

बुद्धरंगशाला ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनमा यही मंसिर २१ देखि पुष १ गतेसम्म चारनम्बरको बुद्ध रंगशालमा आयोजना हुने १४ औं कपिलवस्तु महोत्सवमा दर्शकहरुका लागी सहज रुपमा शुद्ध र स्वच्छ खानेपानी उपलब्ध हुने छ ।

महोत्सवमा प्रत्येक दिन खानेपानीको परीक्षण गरेर पाईपमार्फत दर्शकहरुका लागी खानेपानी उपलब्ध गराउने गरी काम गरी रहेको महोत्सवका खानेपानी तथा सरसफाई समितिका संयोजक खिल प्रसाद शर्माले बताए । महोत्सवभित्र रहने प्रत्येक दिन सबैका लागि सहज रुपमा खानेपानी उपलब्ध हुने र महोत्सव स्थल सरसफाई गरेर चिटिक्क पारिने बताए ।

शर्माले महोत्सव स्थल सरसफाईको काम ७५ प्रतिशत सम्पन्न भईसकेको र खाल्डाखुल्डी पुर्न बाँकी काम १–२ दिनभित्रै पूरा गर्ने बताए ।

१४ औं कफिलवस्तु महोत्सवका आकर्षकहरु

१२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, मुक्तिनाथ मन्दिरको गेट र भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवका प्रमुख आकर्षकहरु हुन ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सवले र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ । बाणगंगा वेयलफेर सोसाइटी बाणगंगाको चर्चित र पुरानो सामाजिक कार्यमा क्रियाशील क्लबको रुपमा आफ्नो छुट्टै छवि बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय