पिपरा।
कपिलवस्तुको वाणगंगा क्षेत्रमा प्रहरीले लागू औषध नियन्त्रणमा सक्रियता देखाएको छ। प्रहरी निरिक्षक गोपाल जंग रायमाझीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगंगा नगरपालिकामा लागु औषध नियन्त्रणमा सक्रियता देखाएको हो ।
आफू पिपरा आयसँगै २० जना लागू औषध पक्राउ गरेको र १७ गते वाणगंगा नगरपालिका क्षेत्रबाटबाट लागु औषध सहित १ जना पक्राउ परेको रायमाझीले बताए। पक्राऊ पर्नेमा बाणगंगा २ कप्टैयाबाट सोहि ठाउँ बस्ने बर्ष २८ का अमित विक रहेका छन।
विकलाई लखनचोक–मेचकुरी सडकखण्डको किनारामा बसिरेको समयमा उनले लगाएको ज्याकेट चेकजाँच गर्ने क्रममा ११ पुरिया १ ग्राम ६ सय १० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ईन्स्पेक्टर रायमाझीको कमाण्डमा खटिएको टोलिले नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
विकलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि प्रहरी हिरासतमा राखिएको र अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।
विगत केही वर्षदेखि वाणगंगामा लागू औषध प्रयोगकर्ता बढेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन।