कपिलवस्तु
चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा, यात्रा तथा उत्सवहरू भन्ने बुझिन्छ । जात्रा भन्नाले साधारणतया हामी देवदेवीको रथयात्रा, खटयात्रा आदिलाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचल तथा प्रथाहरूलाई बुझिन्छ ।
मेला मेहोत्सवको सिजन भएकाले पनि देशका विभिन्न स्थानहरुमा मेला महोत्सवको आयोजना गरिएका छन् । मेला महोत्सवहरु कुनै स्थानमा सम्पन्न भएका छन, कुनै स्थानमा जारी छन्, कुनै स्थानमा आयोजनाको तयारी गरिदै छ । यसै बीचमा कपिलवस्तुमा वि।सं। २०६५ बाट सुरु भएको कपिलवस्तु महोत्सवको यो पटकको सँस्करण १४ औं कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी– २०८० को सुरुवात हुँदैछ । पाँचौ कपिलवस्तु महोत्सव, ७ औं, ९ औं, ११ औं र हालको १४ औं कपिलवस्तु महोत्सव सफल रुपमा सञ्चालन गरेको बाणगंगा वेयलफेयर सोसाइटीले गरेको छ । महोत्सवमा सर्वसाधारणको उपस्थिति उत्साहजनक रहने आयोजकले अपेक्षा गरेका छन् । विगतमा सफल भएका महोत्सवलाई आधार मानी महोत्सवमा सर्वसाधारणको बाक्लो उपस्थिति रहने आयोजकले अपेक्षा गरेका हुन ।
देशमा सिर्जना भएको आर्थिक मन्दीका कारण तनावमा रहेका आम नागरिकले महोत्सवमा आयोजना गरिएका सांगीतिक कार्यक्रमबाट आफूलाई तनावमुक्त गराउने अवसर पाउने छन् । आर्थिक मन्दीको अवस्थामा पनि कलाकारहरुले स्टेश पाएसँगै केही राहतको महसुस गर्नेछन् । आर्थिक मन्दीको मारमा परेका उद्योगी व्यवसायी तंग्रिन बल पुग्ने छ ।
वेयलफेयर सोसाइटीले यही मंसिर २१ देखि पुष १ गतेसम्म ११ दिन आयोजना गर्ने मेलामा कपिलवस्तु लगायतका छिमेकी जिल्लाका सर्वसाधारणहरुको जमघट रहने छ । विगतमा कोभिड महामारीका कारण करिब मेला महोत्सव रोकिएका थिए । कोभिडपछि तग्रिन लागेको अर्थतन्त्र थलिन लागेको यस क्षेत्रको अर्थतन्त्रलाई महोत्सवले मलम लगाउने छ । वर्षौंदेखि कपिलवस्तु महोत्सवले आफ्नो बग्लै पहिचान बनाउन सफल भएको छ । महोत्सवले आन्तरिक पर्यटकको आगामन समेत उल्लेख्य बढाउने छ । कतिपयले भन्ने गर्छन् महोत्सवको लहर नै चल्न थालेको अवस्थामा महोत्सवमा नजाने व्यक्तिले आफूलाई नुन विनाको तरकारी जस्तो महसुस गर्दछन् ।
१४ औं कपिलवस्तु महोत्सवले स्वदेशी उत्पादनलाई बजारमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने छ । महोत्सवले स्थानीय पर्यटकीय तथा आर्थिक गतिविधि चलायमान बनाउने र स्थानीय उत्पादन प्रदर्शनीले आर्थिक कारोबार बढ्ने । बजार नपाएका स्थानीय मौलिक उत्पादन र परिकारहरूले बजार पाउने छन् । मेलामा लोक संस्कृति र साँस्कृतिक झाँकीहरू प्रस्तुत हुनेछन् स्थानीय संस्कृतिको प्रचारप्रसार र जगेर्नामा बल पुग्दछ ।
१४ औं कपिलवस्तु महोत्सव मेला महोत्सव पर्वका रूपमा स्थापित हुँदै गएका छन् । मनोरञ्जन लिन होस वा खरिद गर्न मेला महोत्सवको चलन बढ्दो छ । कपिलवस्तु महोत्सवले पनि नेपाली अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । महोत्सवमा हुने १२ औं कपिलवस्तु डान्स आइडलले क्षमता भएर पनि लुकेर बसेका प्रतिभालाई बाहिर ल्याउन भूमिका खेल्ने छ । खासगरी स्थापित भएका अधिकांश लोक दोहोरी गायक गायिका मेला महोत्सवबाटै उत्पादित भएका हुन । लोक संस्कृतिको जगेर्ना गर्न मेलाहरूको भूमिका प्रशंसनीय छ । दोहोरी गीत, नृत्य, मौलिक नृत्य आदि लोकप्रिय हुनुमा मेला महोत्सवको विशेष योगदान रहेको छ ।
मेला महोत्सवले युवा नेतृत्व समेत प्रदान गरेको छ । बाणगंगा वेयलफेयर सोसाइटीले नेतृत्व गरेको महोत्सवले यस क्षेत्रका युवामा पनि नेतृत्व गर्ने क्षमताको विकास भएको छ ।
महोत्सवले कृषि तथा पर्यटन प्रवद्र्धनका लागि यस्ता मेला निकै उपयोगी बनेका छन् । एकै ठाउँमा वस्तु र सेवा प्रदान हुने भएकाले महोत्सव सर्वसाधारणको आकर्षण हुने गर्दछ ।
औद्योगिक व्यापार मेला तथा प्रदर्शनी खासगरी कृषि तथा औद्योगिक वस्तुको बजार प्रवृत्तिको विश्लेषण गर्ने भरपर्दो र विश्वासिलो आधार हो ।
महोत्स्वमा उपभोक्ताले नयाँ वस्तुको लाभका बारेमा ज्ञान हासिल गर्दछन्, भने उद्योगी व्यवसायीले बजारीकरणको अवसर प्राप्त गर्दछन । पछिल्लो समय नेपालमा आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसको जस महोत्सव र प्रदर्शनीलाई जान्छ । किनकि मेला महोत्सवकै कारण अधिकांशको घुम्ने बानीको विकास भएको छ । यस्ता मेला महोत्सवले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न सघाउ पु¥याएको छ ।
मेला महोत्सवमा स्थानीय कला संस्कृतिको प्रवद्र्धन हुनु र ऐतिहासिक सभ्यता र सम्पदाको प्रचार प्रसार हुनु अनि पर्यटकको घुइँचो लाग्नु हो । त्यसैले मेला, प्रदर्शनीलाई पर्यटनसँग जोड्नु अहिलेको आवश्यकतासँगै समयको माग पनि हो । १४ औं कपिलवस्तु महोत्सवलाई सफल पार्नु तपाईं हामी कपिलवस्तुवासीको साझा दायित्व र कतव्र्य हो ।
२०८० मंसिर २१, बिहीबार ०६:५९
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech