२०८० मंसिर २१, बिहीबार ०७:११

बुद्ध रंगशाला ।

‘भगवानले तँ आँट, म पु–याउँछु भन्छन् रे १ त्यस्तै भयो मेरो जीवनमा पनि । आँट मैले गरेँ त्यसपछि क्रमश भगवानले सबै पु–याउँदै जानुभयो । कपिलवस्तु जिल्लामा चौधौ महोत्सव चौथौ पटक नेतृत्व गर्ने अवसर पाए’ लुम्बिनी हवसँग मुस्कुराउँदै १४ औं कपिलवस्तु महोत्सवका संयोजक ४४ वर्षीय राजकुमार खाँणले भने ।

वि।सं। २०६५ बाट सुरु भएको महोत्सका विभिन्न चरणहरु मध्य ४ वटा सँस्करणको नेतृत्व गर्ने अवसर खाँणले नै पाए सायद अब त्यो बिरलै अवसर कमैले पाउनेछन् । खाँणले ७ औं कपिलवस्तु महोत्सव, ९ औं कपिलवस्तु महोत्सव, ११ औं कपिलवस्तु महोत्सव र चौधौ कपिलवस्तु महोत्सव गरी चार पटक महोत्सव संयोजको नेतृत्व गर्ने अवसर पाए ।

साहसी, हसिला, कम बोल्ने खाँणले ८ वर्ष कोरियामा बसेर समेत काम गरेका थिए । अरुको देशमा काम गर्नुभन्दा आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोंच भएका खाँण नेपाल फर्किए । उनी बाणगंगा वेयलफेयर सोसाइटीका वरिष्ठ उपाध्यक्ष थिए । ७ औं कपिलवस्तु महोत्सवको संयोजकको नेतृत्व गर्न पाए पहिलो पटक । विभिन्न चरणका महोत्सवका अनुभवहरुले खाँणले धेरै कुरा सिक्ने र बुझ्ने अवसर पाएको बताए ।

कपिलवस्तु जिल्लालाई विशिष्ट पहिचान दिलाउन सफल र वि।सं। २०६५ बाट शुभारम्भ भएको कपिलवस्तु महोत्सवले १५ वर्ष पूरा गरेको छ । युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृर्षि क्षेत्रको प्रचार – प्रसार प्रर्वद्धनमा प्रोत्साहन” भन्ने मूल नाराका साथ सुरु हुने १४ औं कपिलवस्तु महोत्सवलाई कपिलवस्तु जिल्लाको विशेष चाडको रुपमा हेरिएको संयोजक खाँणको भनाई छ ।

तीन वटा बुद्धसँग नाम जोडिएको कपिलवस्तुमा आयोजना हुने मेला महोत्सवहरुले जिल्लाको विकासका साथै कपिलवस्तुको दरिलो पहिचान बनाएका छन् । मंसिर २१ बाट सुरु हुने महोत्सव पुष १ गतेसम्म चल्ने र महोत्सवमा करिब ५ करोड कारोबार हुने र ढाइ लाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको खाँणले बताए ।

विगतका महोत्सवको अनुभवबाट शिथिल बनेको यस क्षेत्रको अर्थतन्त्र चलायमान हुने भएकाले पनि विगतका महोत्सवमा भन्दा आर्थिक कारोबार बढी हुने संयोजक खाँणल अपेक्षा गरेका छन् । महोत्सवबाट सकंलन भएको बचत रकमबाट सामाजिक कार्यमा खर्च गरिने खाँणले बताए ।

१४ औं कपिलवस्तु महोत्सव कपिलवस्तु वासीको पर्वका साथै जिल्लाको चिनारी पनि भएकोले महोत्सवको अवलोकन गरी सल्लाह र सुझाव दिन खाँणले जिल्लावासीलाई आग्रह गरेका छन् । कपिलवस्तु जिल्लामा हालसम्म भएका महोत्सवहरुमा जिल्लाबासी एक जुट भएर लागेको इतिहास रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय