२०८० मंसिर २८, बिहीबार ०६:३२

जीतपुर

कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याड्ढीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ ।
शिशुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशुको उद्धार गरिएको थियो ।

मंगलवार विहान घाँस काट्न खेतमा आएका छिमेकीले बच्चा रोएको थाहा पाएपछी हेर्न जादाँ फेला पारेर पिपरा अस्पताल पुर्‍याएपछी प्रहरीलाई खबर गरिएको जनाईएको छ ।
अनैतिक कृयाकलापबाट बच्चा जन्मेपछी शिशु फालिएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
बच्चा जन्माएर फाल्ने आमा लाई पक्राउ गरि अहिले ईलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ । यस विषयमा थप अनुशन्धान भैरहेको प्रहरी निरिक्षक गोपाल रायमाझिले लुम्बिनी दर्पणलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय