शागर बेल्बासे, कपिलवस्तु
मानव अधिकार तथा शान्ति समाज कपिलवस्तु शाखाको आयोजनामा लोकतन्त्रको प्राणस्सुसासन र सदभाव बिषयमा नागरिक संवाद कार्यक्रम भएको छ।कपिलवस्तु उद्योग बाणिज्य संघ को भवन मा नवयुग शिक्षक सहकारी सभाहलमा भएको कार्यक्रम का प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय बिस्णु पन्थी हुनुहुन्थ्यो भने प्रमुख बक्ताको रुपमा शान्ति समाज का केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण रावल हुन्हुन्थ्यो।
त्यसैगरि संस्थाका केन्द्रिय सचिब सन्तोस नेपाली, पुर्व केन्द्रिय उपाध्यक्ष सुशील बस्नेत,पुर्व केन्द्रिय सदस्य दिलिप कार्की,नेपाल रेडक्रस सोसाइटी का लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण पंगेनी को उपस्थिति मा भएको कार्यक्रम मा उद्योग ब्यापार संघ का अध्यक्ष खिमानन्द पौडेल कोपिल,सिद्दार्थ बहुमुखी क्याम्पस का प्राध्यापक ज्ञानराज अर्याल,रमेसचन्द्र भुसाल,स,शान्ति समाज कपिलवस्तु का संस्थापक जिल्ला सभापति गोबिन्द पोख्रेल,राष्ट्रिय स्वतन्त्र पार्टी का नगर सभापति बुद्दी सागर बेल्बासे,नेपाली कांग्रेस का क्षेत्रीय सभापति दुर्गा के सि,बि पि चिन्तन का वरिष्ठ ब्याक्तित्व युवराज के सि, बाणगङ्गा नगर प्रवत्ता बिस्णु पौडेल लगायत ले लोकतन्त्र को प्राण रक्षाका लागि राज्य संचालन मा रहेका ब्यबस्थापक हरुले आआफ्ना स्थान बाट गम्भीर भै ध्यान नपुराए घातक हुने कुरा बताउनुभएको थियो।कार्यक्रम मा बोल्दै रास्वपा सभापति बेल्बासेले नेपालमा भएका कुनै पनि वाद वा तन्त्र भित्र नेपालको न्यायीक ,शैक्षिक र स्वास्थ्य क्षेत्रको राजनैतिक अंशबण्डा को प्रचलन रहंदा सम्म लोकतन्त्र को प्राण खतरामा रहेकाले यो ब्यबस्था का लागि २०६२र०६३ को जनआन्दोलनमा शान्ति समाज को महत्त्वपूर्ण भुमिका रहे जस्तै न्यायीक ,शैक्षिक र स्वास्थ्य क्षेत्रमा हुने राजनैतिक भागबन्डा को अन्त्य गर्न शान्ति समाजको अग्रणी भुमिका देखाइ जनताको अवस्था परिवर्तन मा लाग्न शान्ति समाजलाइ आग्रह गर्नुभएको थियो।
नेपाली राजनैतिक इतिहासमा लगभग सबै राजनैतिक दलका नेताहरु भ्रष्टाचार संग नसा जोडेर राजनिती र लोकतन्त्र को मर्यादा मा अपमान गरेको रेडक्रस का प्रदेश अध्यक्ष कृष्ण पंगेनिले जनाउनु भएको थियो।कार्यक्रम मा लोकतान्त्रिक ब्यबस्था भएको राज्यमा कुनै ब्याक्तिले लक्षित बर्गका मुद्दा उठाउदा निषेधित गर्न खोज्ने कुरामा लोकतन्त्र को प्राण गम्भीर अवस्थामा भएको शाखाका संस्थपक सभापति गोबिन्द पोख्रेल र बौद्धिक ब्याक्तित्व युवराज के सि ले चिन्ता व्यक्त गर्नुभएको छ। जनहितका बिषयमा सरकार लाई सदैब झकझकाइ रहने कार्यक्रम का मुख्य बक्ता संस्थाका केन्द्रिय बरिस्ठ उपाध्यक्ष कृष्ण रावल ले जनाउनुभयो।
शान्ति समाज कपिलवस्तु का शाखा सभापति माधब घिमिरेको सभापतित्वमा मा भएको कार्यक्रम मा सम्बन्धित बिषयमा भएको नागरिक संबाद को निस्कर्षमा ब्यब्स्था बिरोधी कुरा भन्दापनि खराब कुराको परिमार्जन सहित नेतृत्वदायी भुमिकामा रहेका राजनैनिकज्ञ सुध्रिनु पर्ने कुरा आजको संवादले देखाएको कुरा राख्दै कार्यक्रम को समापन गर्नुभएको थियो। कार्यक्रम को संचालन शान्ति समाज कपिलवस्तु का सचीव शिव कुमार कार्किले गर्नुभएको थियो।