२०८० पुष २, सोमबार ०६:३८

जनै खटिरा अर्थात हर्पिस जोस्टर वा सिगेल्स, एक प्रकारको भाइरल सङ्क्रमण हो। यो छालामा देखिने एक प्रकारको रोग हो। जसमा स(साना पानीफोका जस्ता खटिराहरू आउने र चिलाउनुका साथै असह्य रूपले दुख्ने समस्या हुन्छ

चिकनपोक्स अर्थात ठेउला गराउने भेरिसेला जोस्टर नामक भाइरसको सङ्क्रमणले यो रोग लाग्दछ। मेडिकल भाषामा यसलाई हर्पिस जोस्टर भनिन्छ र सामान्य बोलचालीको भाषामा जनैखटिराका नामले चिनिन्छ। यो रोग प्रायः एक पटक ठेउला भइसकेका व्यक्तिलाई हुने गरेको पाइन्छ ।

चिकित्सकहरुका अनुसार जब हाम्रो शरीरको प्रतिरोधक क्षमता कमजोर हुन्छ त्यसबेला यो भाईरस स्नायुमार्गको रनर्भस पाथवेको बाटो हुँदै हाम्रो छालासम्म पुग्छ । यो रोग बढ्दो उमेर तथा पचास वर्षभन्दा बढी उमेर भएका मानिसहरुमा लाग्ने संभावना बढि हुन्छ ।

जनै खटिरा लक्षणहरु 
१० दाना निस्किनुभन्दा अगाडि बिमिरा आउने ठाउँमा दुख्नु यस रोगको प्रमुख लक्षण हो ।
१० छाती, पेट, पिठ्यूँ, घाँटी, हात, खुट्टा आदि ठाउँमा स(साना बिमिरा निस्कनु र अधिकांश रुपमा बिमिराहरु शरीरको माथिल्लो भागमा नै निस्किन्छन ।
२० बिमिरा निस्केको ठाउँमा चिलाउने, पोल्ने र दुख्ने हुनु ।
३० बिमिरा बिस्तारै ठूला हुँदै जाने र स(साना घाऊ जस्ता देखिनु ।
४० ती घाऊहरु मा पोलेका घाऊ मा झैं पानी भरिने, फुट्ने र दुख्ने ।
५० साथै सामान्य ज्वरो आउने र टाउको दुख्नु ।

जनै खटिरा निदान 
चिकित्सकले सामान्य परीक्षणको माध्यमबाट नै जनै खटिराको निदानरपत्ता लगाउने गर्छन। जनै खटिरा आउन सुरु भएको ७२ घन्टा भित्र पत्ता लगाइ औषधि सेवन सुरु गर्नु पर्ने हुन्छ ।

कसलाई सम्पर्क गर्ने  ?

छाला रोग विशेषज्ञ अथवा जनरल प्रयाक्टिसनर

जनै खटिरा उपचार 
१० घाउ तथा बिमिराको लागि एन्टिबायोटिक र एसाइक्लोभिर जस्ता औषधि खाने तथा मलम लगाउने।
२० दुखाईका लागि दुखाई कम गर्ने इबुप्रोफेन, पृगाबालिन, पारासिटामोल जस्ता औषधि सेवन गर्ने ।
३० बिमिरा चिलाउदा नङले वा कुनै तिखो बस्तुले कन्याउनु हुँदैन । साह्रै नै चिलाएको अवस्थामा सफा नरम कपडाले माथिबाट हल्का किसिमले सुम्सुम्याउदा चिलाउने अलि कम हुन्छ ।
४० घाऊलाई सफा राख्ने र सरसफाइमा ध्यान

जनैखटिरा आएपछि कसैलाई दुई(तीन हप्तामै आफै ठीक हुन्छ भने कतिपय दीर्घरोगबाट पीडित बिरामीलाई एकरदुई वर्षसम्म पनि यसले दुस्ख दिइरहन सक्छ ।

जनै खटिरा जटिलताहरु 
बेलैमा जनैखटिराको उचित उपचार गरिएन भने यस रोगबाट प्रभावित व्यक्तिको आखाँको दृष्टि कमजोर हुने, बिरामीको मुख बांगो हुने र बेल्स पाल्सी हुने, घाउमा बेक्टेरिएल संक्रमण हुने र लामो समयसम्म दुखाइ रहिरहने हुनसक्छ ।

जनै खटिरा भ्रमहरु तथा यथार्थहरु 
१। जनै खटिरा जनै लागाउने ठाउँमा मात्रै आउने हैन , यो शरीरको जुनसुकै भागमा पनि आउन सक्छ ।
२। शरीरमा बिबिरा आएको बिपरित भागतिर बाघ र सिंह को चित्र बनाउने र ती दुबै एक अर्कासङ जोडिए मृत्यु हुने भन्ने होइन ।
३। धामीझाँक्री र झारपातहरुको प्रयोग गरेर यो निको हुने हैन त्यसैले जति सक्दो चाडो चिकित्सकको सल्लाह लिनु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय