कपिलवस्तु
मंसिर २८ गते दिउँसो साढे २ बजे सिंहदरबारमा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम र बजेटबारे चौमासिक समीक्षा बैठक राखिएको थियो।त्यसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीहरुबाट प्रभावकारी काम नभएकोमा गुनासो मात्रै गरेनन्, नयाँ ढंगले जानुपर्ने पनि बताए। तेस्रो कार्यकालका लागि प्रधानमन्त्री भएपछि यसपटक सरकारको नेतृत्व एक वर्ष पु¥याउन सफल प्रचण्डले जनताले देख्ने गरी काम गर्ने सोचेका थिए। तर, चौमासिक बैठकमा मन्त्रालयगत रुपमा पेश भएको रिपोर्ट र विवरण प्रस्तुति सुनेपछि उनी छक्क परे, निराश भए।किनकी अधिकांश मन्त्रालयका कुनै पनि सूचक सही गतिमा रहेको उनले पाएनन्। मन्त्रीहरुको कार्यसम्पादन र कर्मचारी परिचालनमा पनि कमजोरी भएकै कारण परिणाममुखी काम नभएको उनको विश्लेषण छ। प्रधानमन्त्रीनिकट स्रोतहरुका अनुसार त्यही बैठकपछि प्रचण्डले कार्यसम्पादन कमजोर रहेका मन्त्रीलाई बिदा दिने प्रयास थालेका हुन्।
‘अस्ति प्रधानमन्त्रीसामु प्रस्तुत भएको रिपोर्टले मन्त्रीहरुले काम गर्न नसकेको फेरि पुष्टि गर्यो,’ प्रधानमन्त्रीको नीजि सचिवालयका एक अधिकारी भन्छन्, ‘अब यसको विकल्प नखोजी सरकारले नतिजामुखी काम गर्न सक्ने देखिएन।’त्यसका लागि सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपाल ९जसपा० लगायतसँग प्रधानमन्त्रीले छलफल गरिरहेका छन्।सत्ता साझेदार दलहरुसँगको छलफलाई बाक्लो बनाएका उनले पुसको दोस्रो हप्ताभित्रै मन्त्री फेर्न चाहेका छन्।दाहाल प्रधानमन्त्री बनेको पुस १० गते एक वर्ष पुग्दैछ। त्यस दिन राष्ट्रका नाममा सम्बोधन गरेर नयाँ कार्यक्रम घोषणा गर्ने तयारी उनले थालेका छन्।नयाँ मन्त्रीहरुको साथ लिएर प्रचण्ड अबको एक वर्ष सरकारको गति बढाएर नतिजामुखी काम गर्न चाहन्छन्।
कसलाई मन्त्री बनाउन चाहन्छन् प्रचण्ड ?
प्रधानमन्त्री प्रचण्ड एक वर्ष यसैतेसै बितेकाले अब गतिमान नेताहरूलाई मन्त्री बनाउन खोजिरहेका छन्। तर, गठबन्धनले दिने भएकाले यही नै सांसदले मन्त्रीमा जान पाउँछ भन्न कठिन छ। शीर्ष नेताबीच छलफल हुँदा केही नाम अहिलेबाटै चर्चामा छन्।स्रोतका अनुसार माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन र कांग्रेस महामन्त्री गगन थापा नयाँ मन्त्री बन्ने सम्भावना उच्च छ।‘यी दुवै नेताले पछिल्लो एक महिनादेखि प्रधानमन्त्री प्रचण्डलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गरिरहेका छन्,’ प्रचण्डको सचिवालयका ती सदस्यले उनीहरुले प्रधानमन्त्रीलाई के–कस्तो काममा सघाउ पुर्याए प्रष्ट खुलाउन चाहेनन्।यदि कांग्रेसले अर्थ मन्त्रालय लिएमा गगन पनि बन्न सक्छन्। नभए, गृहमन्त्री बने पनि बनाउन माओवादी तयार देखिएको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा पनि गगनलाई मन्त्री बनाउन तयार देखिएका केही नेताहरूको भनाइ छ।तर, गगन र केन्द्रीय सदस्य डा। शेखर कोइरालाबीच पछिल्लो दिन नयाँ समझदारी जुटेको छ। जसकारण गगनले लिने निर्णयमा उनी सरकारमा जाने नजाने भर पर्छ।‘युवालाई मन्त्री बनाएर सरकार हाँक्ने प्रधानमन्त्रीको चाहना छ,’ स्रोतले भन्यो, ‘नीति तथा कार्यक्रम अहिलेको भन्दा फरक ल्याउने योजना छ।’‘मन्त्रिमण्डल हेरफेर हुँदा कोही रहने र कोही नरहने भन्ने हुँदैन, प्रधानमन्त्रीले सेट नै फेर्छु भन्नुभएको सुनेको छु,’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डले भने, ‘यसबारे चारजना नेताहररु बसेर निर्णय गर्नुहोला।’‘प्रधानमनत्रीले म एक्टिभ हुन्छु, काम गरेर देखाउँछु। मलाई मेरै गतिमा काम गर्ने मन्त्री दिनुस् भनेर जतिबेला माग्नु हुन्छ, त्यहीबेला सत्ता साझेदार दलले दिनुपर्छ।’