२०८० पुष ५, बिहीबार ०६:०६

काठमाण्डौ –

रुसी सेनामा कार्यरत थप एक नेपालीको ज्यान गएको छ । परराष्ट्र मन्त्रालयले आज बुधवार प्रेस विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत नेपाली कुन्दनसिंह नागलको ज्यान गएको जानकारी दिएको हो ।

यस्तै युक्रेनमा बन्धक भएका बर्दियाको राजापुर–१ का विवेक खत्री, काभ्रेको मण्डनदेउ–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–६ का विकास राई र रोल्पाको रुन्टिगढी–८ का प्रतीक पुनको शीघ्र रिहाई गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कुटनीतिक माध्यमबाट अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनस् अनुरोध गरेको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपालीलाई तत्काल स्वदेश फर्काउन राजदूतमार्फत रुसी सरकारलाई पुनस् अनुरोध गरेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय