२०८० पुष ६, शुक्रबार ०६:१७

काठमाण्डौ –
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ ।

नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेको परीक्षा मार्गनिर्देशन कार्यक्रममा बोर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह गर्नुभयो ।

शर्माका अनुसार एसईईमा अब ुएनजीु अर्थात् कुनै विषयमा ३५ प्रतिशत अङ्क नल्याएमा ुनन ग्रेडु हुने प्रणाली लागू हुँदैछ । यस वर्षकै एसईईबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब कक्षा ११ पढ्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने हुन्छ ।

यसअघि बोर्डले एसईईको नतिजा ुनन ग्रेडेडु नगरि प्रकाशित गर्ने गरेको थियो । बोर्डले १२ कक्षाको परीक्षा पास हुन भने ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने व्यवस्था गरेको थियो । अब नयाँ ग्रेडिङ प्रणाली कार्यान्वयनमा आएसँगै एसईईमा पनि कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने भएको छ । कुनै पनि विषयमा ३५ प्रतिशत अङ्क नआएका दोहोर्‍याएर परीक्षा दिनुपर्ने बोर्डका अध्यक्ष शर्माले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय