कपिलवस्तु ।
लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले गल्ति गर्नेलाई नेपालको कानुनले नछाड्ने बताउनुभएको छ । गठबन्धनको सरकार हुदाहुदै पनि गठबन्धन भित्रैका उच्च पदस्थ व्याक्तिहरुपनि कानुनी कठघरामा जानुपरेको भन्दै कसैलाई पनि गल्ति गर्ने छुट नभएको बताउनुभयो ।
शुक्रबार साना किसान कृषि सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय केहि सहकारीले गर्दा राम्रो काम गरेका सहकारीको पनि बदनाम भैरहेको भन्दै हल्लाको पछाडि नलाग्न उहाँले आग्रह समेत गर्नुभयो । यस क्षेत्रको विकास गर्न आफु सरकारी, सामुदायिक निजि जुन क्षेत्रलाई पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।
त्यस्तै नेपाल कृषि सहकारी संघ लिमिटेडका केन्द्रिय सदस्य पदम खनालले काम गर्दा केहि गल्ति हुने भन्दै राम्रा काम बिर्सन नहुने बताउनुभयो । आफु पनि सहकारीको सञ्चालक भएर काम गरेको र काम गर्दा अनेकौ समस्या आउने भन्दै ति समस्या बाट टाढा भाग्न नहुने बताउनुभयो ।
त्यस्तै बाणगङ्गा नगरपालिका उपप्रमुख रिता कुमारी चौधरीले सहकारीले कृषि र उद्यमद्वारा आर्थिक अवस्था सुधार गर्न सहयोग गर्नुपर्ने बताउनुभयो । शेयर सदस्य र संचालक दुबै पक्ष सकारात्मक तवर बाट लाग्ने हो भने सहकारी संचालनमा समस्या नहुने बताउनुभयो ।
पशु शखा प्रमुख राजकुमार तिवारीले सहकारीले ग्रामीण भेगका महिलाहरुको आर्थिक अवस्था सुधार गर्न महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो ।
कार्यक्रममा बोल्दै बाणगङ्गा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरिले करोडौं रुपैयाँ ऋण लिएर सरकारले मिनाहा गर्नुपर्छ भन्दै हिड्नेको पछाडि नलाग्न आग्रह गर्नुभयो । केहि शेयर सदस्यहरूलाई सम्पुर्ण प्रक्रिया पुरा नगरी ऋण दिएको हल्ला बाहिर आएको भन्दै त्यस प्रति समयमै सचेत हुन संचालकहरुलाइ आग्रह गर्नुभयो । सहकारीले लामो संघर्ष बाट बनाएको भवनको अहिले सहि सदुपयोग नभएको भन्दै त्यसलाई व्यवस्थित गराउन आग्रह गर्नुभयो ।
त्यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष बाबुराम अर्यालले वडा अध्यक्षको रुपमा रहदा आफु सङ्ग पनि सहकारीको विषयमा विभिन्न समस्या आएको भन्दै त्यस तर्फ संचालक समितिको ध्यानाकर्षण गराउनुभएको थियो। त्यस्तै उहाँले कपिलवस्तुमा भारतीय दुध भित्रीएको गुनासो आएको भन्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।
सहकारीका अध्यक्ष भिम प्रसाद सापकोटाले अध्यक्षको प्रतिवेदन राख्दै अहिले सहकारीमा ३ हजार ११५ जना शेयर सदस्यहरु रहेको जानकारी गराउनुभएको थियो ।