शागर बेल्बासे, कपिलवस्तु
कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुर ४ नम्वरको माघ २३ मा हुने अधिबेशनकालागि रास्टृय स्वतन्त्र पार्टी ले बाणगङ्गा ११ का सल्लाहकार संयोजक लक्ष्मण कंडेल को नेतृत्व मा सबै पदमा चुनावी मैदानमा जाने तयारी गरेको छ।बिगत केही दिन देखि चलिरहेको चुनावी चहलपहल मा कांग्रेस,एमाले र ब्यक्तिगत रुपमै पनि अध्यक्ष पदको आकांक्षा राख्दै उम्मेदवारी आइरहेका छन।उद्योगि ब्यबसाइ को हक हितमा बिसुद्द ढङ्गले काम गर्न जाने संस्थामा राजनैतिक गन्ध नल्याइ जानुपर्ने भएपनी आजभोलि हरेक संघ संस्था मा राजनैतिक दुर्गन्ध फैलिनु सबैको चिन्ताको बिषय पनि हो।हरेक पार्टी ले आआफ्ना दलिय उम्मेदवार घोषणा गरिरहंदा रास्वपाले उम्मेदवार नदिंदा पनि कुनै न कुनै दलको उपस्थिति निश्चित हुने कुरा आम ब्यबसाइको गुनासो स्वरुप पाइएकाले कंडेल रास्वपा को जिम्मेवार सदस्य रहेपनी आम उद्योगि ब्यबसाइको हक हित का निम्ति रचनात्मक पैरबी गर्न उहाँको नेतृत्व मा सबै पदमा सबैले सर्वसम्मत स्वीकार गर्ने साझा प्यानल बनाएर अगाडि बढने कुरा राष्ट्रिय स्वतन्त्र पार्टी का जिल्ला सभापति शिव कुमार सुवेदीले जानकारी गराउनुभएको छ।
पार्टी भित्र अध्यक्ष पदका निम्ति अन्य बाट समेत आकांक्षा राखे पनि सबै क्षेत्र लाई समेटेर लैजानका लागि सबैलाई आआफ्ना व्यावसायिक अनुभव का आधारमा सम्बन्धित पदहरुमा समायोजन गरि उत्कृष्ट टिम बनाएर जानुपर्ने आवश्यकता आएकोले आम उद्योगि ब्याबसाइ ले पुस १५ गते भित्र आआफ्ना ब्यबसाइक फर्म दर्ता रनविकरण गरि आम व्यावसायिक हकहित मा काम गर्न दलिय दवाब नरहने लक्ष्मण कडेल नेतृत्व को साझा टिमलाई अनपेक्षित मत ले अगाडि ल्याउने तयारिमा लाग्न सबै ब्यबसाइलाइ रास्वपा बाणगङ्गा नगरपालिका सभापति बुद्दी सागर बेल्बासे ले आग्रह गर्नुभएको छ।पार्टी भित्रका सबैले दिएको यो जिम्मेवारी र बिश्वास ले आफुलाइ थप कर्तव्यबोध बनाएको हुंदा सबै उद्योगि ब्यबसाइ मतदाता ले आफू मात्रै हैन म संग आउने सबै टिम लाई साझा उम्मेदवारीको रुपमा अगाडि आउँदा सके सर्वसम्मत नत्र निर्वाचन नै भएपनी अत्यधिक मत सहित हाम्रो टिमलाइ सबैको साझा टिम सम्झेर निर्वाचित गराउने मा आफू पुर्ण बिश्वस्त रहेको उम्मेदवार लक्ष्मण कणेल ले बताउनु भएको छ।सर्वसम्मत वा निर्वाचित जसरी आएपनी हाम्रो टिम आउदा हामिले त्यो संस्था भित्र राजनैतिक दुर्गन्ध नल्याई सकेको सुबासना सबैलाइ छर्ने प्रतिबद्धता समेत कडेलले गर्नुभएको छ।