२०८० पुष ११, बुधबार २०:४१

काठमाण्डौ 

दोस्रो संस्करणको नेपाल सुपर लिग ९एनएसएल० प्रतियोगिताको विजेताले ७० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसईएम० का प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले आज बुधवार विज्ञप्ति निकालेर एनएसएल विजेताले पाउने पुरस्कार राशिको रकम दोब्बरले बढाएर ७० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिनुभएको छ । पहिलो संस्करणको विजेता काठमाण्डौ रेजर्सले ३५ लाख रुपैयाँ पाएको थियो । यस्तै उपविजेताले २० लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २ लाख तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट युवा खेलाडीलाई समान १ लाख रुपैयाँ दिइने एनएसईएमका प्रबन्ध निर्देशक कार्कीले बताउनुभयो ।

दोस्रो संस्करणको एनएसएलको फाइनल खेल आउँदो शनिवार हुँदैछ । धनगढी एफसी फाइनलमा पुगिसकेको छ । फाइनलमा पुग्ने अर्को टोली बन्नका लागि भोलि बिहीवार पोखरा थन्डर्स र ललितपुर सिटी एफसी खेल्दैछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय