२०८० पुष १४, शनिबार ०६:२७

घोराही ।

दाङको बंगलाचुली गाउँपालिकामा एक पुरुषको हत्या भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ६ अघरा निवासी शिवराज केसीको हत्या भएको हो ।केसीलाई हत्या गरी बंगलाचुली गाउँपालिका वडा नम्बर ४ को गदारी र फाँटाको जंगलमा रहेको कोइला खानीको सुरुङभित्र शव लुकाइएको अवस्थामा फेला पारेको स्थानीय अगुवा विक्रम डाँगीले जानकारी दिए ।

मृतक केसी घोराहीस्थित अघरा टोल विकास संस्थाका अध्यक्ष समेत हुन् । मृतक शिवराज केसी यही पुस ८ गते घरदेखि बंगलाचुली जान्छु भनि हिडेको र सोही दिन नै हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

हत्या आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केसीको हत्या आरोपमा बंगलाचुली गाउँपालिका वडा नम्बर ४ गदारी निवासी वर्ष ४३ का शेरबहादुर कुँवर र उनकी श्रीमती दिपा कवरलाइ भारतको नयाँ दिल्लीबाट नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई भारतीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीलाइ बुझाइसकेको बताइएको छ । मृतक केसीलाई हत्या गरी कोइला खानीको करिव ५० मिटर सुरुङ भित्र लुकाएको भन्ने हत्या आरोपितको बयानको आधार खोजतलास गर्दा सोहि स्थानमा शव फेला पारिएको हो ।

मृतक केसीको शवलाई जिल्ला प्रहरी कार्यालय दाङबाट आएको प्रहरी टोली, स्थानियबासी र जनप्रतिनिधिको टोलिले मुचुल्का तयार पारी राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पोष्टमाटमको लागि लगेको प्रहरीले बताएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय