२०८० पुष १७, मंगलवार ००:०८

शागर बेल्बासे, कपिलवस्तु

कपिलवस्तु जिल्ला को बाणगङ्गामा राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेस RAT बिभाग को आयोजना मा बालकुमारी मा युवाहरूलाई राज्यले गरेको ज्याजती र हत्याका विरुद्ध मा फरक खाले आन्दोलन गरिएको छ।

आन्दोलन भन्दासाथ गोला,बारुद,बन्दुक,टायर,सडक जाम,तालाबन्दी आदि इत्यादि बुझिने गरिएको नेपाली इतिहासमा फरक आन्दोलन को स्वरुप कपिलवस्तु मा पाइएको छ।रास्वपाको राज्य बिरोधी आन्दोलनमा RAT बिभाग का लुम्बिनी प्रदेस सदस्य एबम कपिलवस्तु जिल्ला संयोजक देबिलाल कंडेल को अध्यक्षता,प्रदेस प्रवक्ता कमल पोख्रेल ,जिल्ला सभापति शिबकुमार सुवेदी ,क्षेत्रीय सदस्य बिक्रम थापा,बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे,नगर च्ब्त् बिभाग संयोजक पदम रेग्मी, बाणगङ्गा १,२,३,५,७,११ का सभापति क्रमशः कृष्ण प्रसाद घिमिरे,षडानन्द्द न्यौपाने ,प्रेमलाल भुसाल ,धनिश्वर खनाल,गोबिन्द जि सि,नारायण खनाल सदस्यहरु धनिश्वर खनाल,राजेन्द्र जि सि,लाल बहादुर थापा,बिस्णु खराल लगायत प्रतिनिधि मुलक उपस्थिति मा चार नम्बर चोकमा बिरोध कार्यक्रम भएको छ।

कार्यक्रम मा प्रधानमन्त्री पुस्पकमल दाहाल र गृहमन्त्री नारायण काजी श्रेष्ठ को तस्बिर सहितको पुत्ला मा नागरिकको हत्या गर्न पाइदैन,जबाफ दे सरकार भन्ने नारा सहित नागरिक का विभिन्न आवाजलाई प्लेकार्ड मा सजाइ आन्दोलन गरिएको छ। धेरै आन्दोलनका स्वरुप हिंसात्मक हुने हुंदा संभावित कुरालाइ मध्यनजर गरि आन्दोलन बाट केही क्षति नहोस भनी भरिएका पानीका जर्किनहरु सहित हुनसक्ने घटनाको नियन्त्रण का लागि पुर्ण तयारि गरि नेपाल प्रहरी र सशस्त्र प्रहरी को बाक्लो उपस्थिति थियो।

कार्यक्रम मा प्रधानमन्त्री र गृहमन्त्री को पुत्लालाइ प्रमुख अतिथि र बिशिस्ट अतिथिका रुपमा प्रदेस प्रवक्ता कमल पोख्रेल र जिल्ला सभापति शिव कुमार सुवेदीले कुर्सीमा आसन ग्रहण गराइ तिनै पुत्लाको मुखान्जी गरि रोजगारी दिनु पर्दैन सरकार रु नागरिक हत्या गर्न पाइन्छ सरकाररुसबै कुराको जबाफ चाहियो सरकार भन्दै जबाफ मागेर फरक आन्दोलन गरिएको छ।

कार्यक्रम मा बोल्दै प्रदेस प्रवक्ता कमल पोख्रेल ,जिल्ला सभापति शिव कुमार सुवेदी,नगर सभापति बुद्दी सागर बेल्बासेले आम नागरिक र देशमा अमन चयन,रोजगारीका ब्यबस्था,सुसासन र समृद्धि का सपना देखाइ जनयुद्ध को धङधङी मार्फत राज्यसत्ताको बागडोर समालेका नाइके हरुले राज्यमा गरिखाने अवस्था दिन नसकी आफ्नो दैनिकी चलाउन बिदेसिनु पर्ने बाध्यता बोकेका युवालाइ गोलि हानी हत्या गर्ने लाचारहरुको सत्तामा रैरहने नैतिकता नरहेको कुरा राख्नुभएको छ।कार्यक्रम समापन पुर्व मृतक युवाको सम्झनामा १ मिनेट मौन धारण गरि कार्यक्रम का अध्यक्ष देबिलाल कंडेलले समापन भएको बिरोध कार्यक्रम बाणगङ्गा नगर सभापति बुद्दिसागर बेल्बासेले संचलन गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय