२०८० पुष १९, बिहीबार १५:५५

बाणगंगा,

गजेहडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिका अध्यक्ष राजकुमार खाँणले सामाजिक उत्तरदायित्व अन्तरगत विद्यालयमा खानेपनी धारा जडान गरेको बताएका छन् । बाणगंगा १ सिद्धार्थ मा।वि।मा ४ वटा खानेपानीका धारासँगै मिटर निःशुल्क जडान गरी अध्यक्ष खाँणले खानेपानी धाराको एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन ।


आगामी दिनमा खाँणले बाणगंगा १ र ४ का तीन हजार घरधुरीमा स्वच्छ खानेपानी व्यवस्था गर्ने थप विद्यालयहरुमा पनि निःशुल्क धारा जडान गर्ने बताए । २० वर्षको कलिलो उमेरमा दक्षिण कोरियामा गएर ७ वर्ष काम गरी आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोंचले नेपाल फर्किएका खाँणले आम मानिसको स्वास्थ्यसँग जोडिएको स्वच्छ खानेपानी विस्तारमा आफू थप सक्रिय भएर लाग्ने बताए ।

गजेहडा खानेपानीले हाल बाणगंगाका वडा नं। १ र ४ मा हाल १५ सय घरधुरीमा खानेपानी सेवा दिँदै आएको छ भने गजेहडा खानेपानीको क्षमता १ लाख २५ हजार लिटर रहेको छ ।

कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं। ४ का निवर्तमान वडा अध्यक्ष तथा युवा नेता गणेश बहादुर क्षेत्रीले गजेहडा खानेपानीले राम्रा र प्रसंशनीय कार्य गरेको बताउँदै आगामी दिनमा थप उत्कृष्ट कार्य गर्नेमा आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रेम बहादुर राना, विद्यालयका प्रधानाध्यापक दल बहादुर थापा ९ईश्वर०ले विद्यार्थी तथा शिक्षक कर्मचारीहरुका लागि निःशुल्क धारा जडान गरिदिएकोमा धन्यवाद ज्ञापन गरेका थिए । गजेहडा खानेपानी बुङचिका संयोजक नुन बहादुर बि सि, खानेपानी सदस्य खिल प्रसाद शर्मा लगायतले एक घर–एक धारा अभियान’ अन्तर्गत आफूहरुले कार्य गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय