२०८० पुष २०, शुक्रबार २१:१९

सागर बेल्बासे ,पुस २० कपिलवस्तु

लोकतान्त्रिक पद्धतिमा चुनावी प्रतिस्पर्धा सुन्दरताले श्रिङ्गारिएको सुन्दर रुप हो।जति सुन्दर रुप भएपनी हिलो छ्यापिए पछि हिलो नपखाल्दा सम्म खासमा असली रुपको महत्त्व थाहा हुंदैन।राजनैतिक दलको अगुवाई मा विभिन्न इतिहासिक आन्दोलनको प्रतिफल स्वरुप पाएको लोकतान्त्रिक ब्यबस्थाका ब्यबस्थापक का कार्यशैलीले सबैलाइ अघम्य बनाउदा कपिलवस्तु उद्योग बाणिज्य संघ को चुनाबी चहलपहल ले बाणगङ्गा नगरपालिका क्षेत्रलाई सहगर्मी महसुस गर्न पाइन्छ।२०८०/१०/२३ गते बर्तमान कार्यसमिति को कार्यकाल समाप्ति संगै आउने नयाँ नेतृत्व मा पुग्न दलगत प्यानल सहित अगाडि देखिएका र स्वतन्त्र रुपले आकांक्षा देखाएका अध्यक्ष पदका आकांक्षीहरुको ब्यबसाइक उठाबसी राम्रै देखिएको पाइन्छ।

कपिलवस्तु उद्योग बाणिसंघको परिसरमा संयोग बस निवर्तमान ,बर्तमान अध्यक्ष सहित आगामी अध्यक्ष मा आकांक्षा राखेका आकांक्षी उम्मेदवार रुक बहादुर भुसाल,गुणनिधी भुसाल,लक्ष्मण कंडेल लाई भेटदा ब्यबसाइ बुद्दी सागर बेल्बासेले आगामी नेतृत्व उद्योग बाणिज्य संघको काम कर्तव्य र अधिकार को ज्ञान,संस्था प्रतिको योगदान,क्षमता,योग्यता र कार्यकौशलता को मापन ब्यबसाइहरु बिच गरेर सम्पूर्ण उद्योगि ब्यबसाइ का हक हित मा बहस पैरवी गर्नसक्ने सक्षम नेतृत्व राजनैतिक सिफारिस वा दलगत अंशबन्डाको चुनाबी प्रतिस्पर्धा बाट होइन ब्यबसाइक टिमबाट सर्वसम्मत ल्याउनुपर्ने आम ब्यबसाइको मनोकांक्षा बेल्बासेले राख्दा अध्यक्ष प्रत्यासिको रुपमा आफुहरु रहेपनि सहमति को लागि आफुहरु बाधक नबन्ने प्रतिबद्धता जनाउनुभएको छ।चुनाबी प्रतिस्पर्धा मा जांदा अहिलेको अवस्थामा नकारात्मक सन्देश जाने र हामी मध्ये जो वा अरु आएपनी लगभग संस्थाको स्थापना कालदेखी हालसम्म हामी जोडिएकाले सहि/ गलत धेरै कुराको जिम्मेवारी बाट हामी अलग रहन नपाइने भएकाले यो संस्थालाइ बिशुद्द गैरराजनीतिक संस्था को रुपमा परिचय बनाउन सक्ने नेतृत्व हामी मात्रै नभएर अरु योग्य उम्मेदवार आए पनि व्यावसायिहरुको सहमतिमा हामिले छाडेर अरुलाइ सहमति गर्छौ भन्नेमा अध्यक्ष प्रत्यासी भुसाल द्वय र कणेल एकमत देखिनुभएको छ।स्थापनाकालदेखि अहिलेसम्म को इतिहास स्मरण गर्दै निवर्तमान अध्यक्ष उमानाथ पौडेलले धेरै पटक ब्यबसाइक,राजनैतिक सहमतिमा नेतृत्व गर्दै गराउदै आजसम्म आइपुग्दा बिबिध कारण ले पछिल्लो समय संस्थाको गरिमा खस्किएकोले आगामी टिम को सहमति हुन सबै ब्यबसाइ जिम्मेवार भै बखेडा झिक्न र आम उद्योगि ब्यबसाइ बिच बैमनस्यता गराउन उम्मेदवारी दिने हर्कत नभए सबै ब्यबसाइहरु बिच सक्षम नेतृत्व को सहमति को प्रयासमा आफू अनवरत लागिरहने जनाउनु भएको छ।

असाध्यै अप्ठ्यारोमा परेका धेरै उद्योगि ब्यबसाइ का काममा ब्यबहारिक रुपमा सहयोग गरेको,यो अवस्थामा बैंक तथा बित्तीय संस्था ले दिने मानसिक तनाबलाइ रोक्ने कुरामा उल्लेख्य काम गरेपनी समग्र क्षेत्र मा परेको आर्थिक मार का कारण सबै क्षेत्र ठूलो पिंडामा रहेको समयमा सामाजिक संघ संस्थामा चुनाबी प्रतिस्पर्धा हुनुले नकारात्मक सन्देश जाने हुंदा असल नेतृत्व का लागि सहमति खोज्न पुर्व अध्यक्ष सहित सबै लाग्नेमा भरपुर कसरत गरिने कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष दोलकराम घिमिरेले बताउनुभएको छ।आउदो संघको निर्वाचन मा उहाँहरु सहित यश क्षेत्र का ब्यबसाइ मनोज पौडेल ,रमेशचन्द्र भुसाल र मोहन न्यौपानेले समेत अध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षा प्रकासन गरिसक्दा आम ब्यबसाइ भने सिथिल अवस्थामा पाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय