काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ ।
बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज गर्न नहुने सुझाव दिएका हुन् । प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न सरकारलाई बोर्डले सुझाव दिएको छ ।
छिमेकी देशमा समेत कक्ष ८, १० र १२ मा बोर्ड परीक्षा हुने बताउँदै बोर्ड अध्यक्ष शर्माले बिना अनुसन्धान एसईई नहटाउन सुझाव दिए ।
२०८० पुष २७, शुक्रबार ०१:५९
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech