२०८० माघ ६, शनिबार १९:४६

कपिलवस्तु नारायण पाण्डे

प्याब्सन कपिलवस्तुको दोस्रो वार्षिक साधारण सभा वाणगंगा नगरपालिका ३ राजापानीमा सपन्न भएको छ ।
प्रमुख अतिथी जिल्ला समन्य समितीका अध्यक्ष बावुराम आचार्यले निजी बिद्यालयहरुलाई एकै ठाउमा जोडेर एकताको सन्देश दिने काम गरेकोमा धन्यवाद समेत व्यक्त गर्नु भएको थियो । निजि विद्यालयले गरेको शिक्षाको गुणस्तरमा धेरै राम्रो रहेको र निजी बिद्यालयमा जस्तो हरेक कुरामा सुबिधा यातायात देखि आधुनिक प्रबिधीको प्रयोगमा पनि निजी विद्यालयहरु अगाडी रहेको हुदा आचार्यले आधुनिक युग संगै निरन्तर निजी विद्यालयहरु एकता बद्धरुपमा हातेमालो गरेर अगाडी बड्नु पर्नेमा जोड दिनु भएको थियो ।
बिशिष्ट अतिथी प्याब्सनका पुर्व केन्द्रीय सचिवालय सदस्य तथा पुर्ब अध्यक्ष सर्बेन्द्र देव खनालले प्यापसन कपिलवस्तुले पछिल्लो समयमा बिभिन्न कार्यक्रमको आयोजना गरि वास्तवमा निजी विद्यालयमा अध्यन गर्ने बिद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रिर्याकलापलाई प्राथमिकतामा राखेकोमा प्याब्सन कपिलवस्तुको धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा प्याब्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेको अध्यक्षता ,जिल्ला समन्य समितीका अध्यक्ष बावुराम आचार्यको प्रमुख आतिथ्यता , बिशिष्ट अतिथी प्याब्सनका पुर्व केन्द्रीय सचिवालय सदस्य तथा पुर्ब अध्यक्ष सर्बेन्द्र देव खनालको बिशिष्ट आतिथ्यता ,सल्लाहकार वासुदेब घिमिरे सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेलको आतिथ्यता रहेको कार्यक्रममा प्याब्सन कपिलवस्तुका अध्यक्ष पाण्डेले आगामी कार्य योजनाका बारेमा प्रकाश पार्नु भएको थियो । भने कार्यक्रममा बरिष्ठ उपाध्यक्ष धिरेन्द्र बिक्रम सिहको स्वागत मन्तव्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव नविन शर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय