प्रगतिनगर ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका १, प्रगतिनगरमा दोस्रो संस्करणको दोस्रो प्रगतिनगर महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८० माघ २६ गतेदेखि सुरु हुने भएको छ । महोत्सव प्रगतिनगर सेवा समाज कपिलवस्तुले आयोजना गर्ने भएको छ । फागनु ७ गतेसम्म संचालन हुने महोत्सव प्रगतिनगर स्थित शुद्धोधन रंगशालामा आयोजना हुने महोत्सव मूल समारोह समितिका संयोजक पुष्पराज अर्यालले जानकारी दिए ।
अर्यालले महोत्वसमा यस क्षेत्रका विभिन्न उत्पादनहरुको प्रर्दशनी तथा कृषि र पर्यटनको प्रर्वद्धनका लागि विभिन्न स्टलहरु महोत्सव स्थलनमा राखिने बताए ।
अर्यालले यसपटकको महोत्वसबाट संकलित रकमले महोत्सव आयोजना स्थलको संरक्षण गर्ने, जिल्लाको व्यवसायिक क्षेत्रलाई सबलीकरण गर्ने र युवा स्वरोजगारका कार्यक्रमहरुलाई प्रर्वद्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजनाको तयारी गरिएको र दोस्रो संस्करणको महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्ने बताए ।
यसपटक महोत्वसको मुल नारा “कला संस्कृतिको संरक्षण, कृषि उद्योग व्यापार र पर्यटन प्रवद्र्धनमा प्रोत्साहन” भन्ने रहेको छ । यस्तै यसअगाडी भन्दा केही पृथक बनाउन विभिन्न कृयाकलापहरु हुने र त्यसका लागि तयारी भैरहेको समेत अर्यालले बताए ।
महोत्सव तयारीका लागि लाईट एण्ड साउण्ड, स्टल ठेक्का, पत्राचार, स्टल बुकिङ लगाएतका तयारी भइरहेको आयोजकले जनाएका छन् ।