२०८० फाल्गुन ३, बिहीबार १५:३३

काठमाण्डौ –

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले आउँदो वर्ष केही दिन विमानस्थल नै बन्द गरेर पूर्वाधार विस्तार र मर्मतका काम तयारी थालेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिक टर्मिनल भवन, एप्रोन, ट्याक्सी–वे लगायतका पूर्वाधार निर्माण तथा विस्तारका लागि केही दिन विमानस्थल नै बन्द गर्ने तयारी भएको हो । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको ‘हवाई यातायात क्षमता अभिवृद्धि आयोजना’ ले आउँदो बर्खा सकिएपछि काम शुरु गर्नुपर्ने जनाएको छ ।

यसका लागि आयोजनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने ४० वटा वायु सेवा कम्पनीसँग सामान्य छलफल पनि गरेको छ । विमानस्थल बन्द गर्नुअघि अन्तर्राष्ट्रिय र राष्ट्रिय विभिन्न निकायसँग छलफल र अनुमति लिनुपर्छ । यसअघि विमानस्थलको धावन मार्गको मर्मत गर्दा रातभर काम गरेर दिउँसो उडान गरिएको थियो । तर अब अत्यावश्यक उडानका लागि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेकाले कुनै हतार नगरि त्रिभुवन विमानस्थलका विभिन्न क्षेत्रको मर्मत र स्तरोन्नति गर्न लागेको आयोजनाले जनाएको छ ।

काठमाण्डौबाट हुने सबै अन्तर्राष्ट्रिय उडानलाई पोखरा वा भैरहवामा ुडाइभर्टु गर्ने सम्भावना पनि रहेको छ । अन्तर्राष्ट्रिय हवाई यात्रुहरूले एक वर्षअघिदेखि नै टिकट बुकिङ गरिसक्ने भएकाले विमानस्थल बन्द गर्दा धेरै योजनाहरू बनाउनुपर्ने विमानस्थलले जनाएको छ ।

त्रिभुवन विमानस्थल विस्तारको गुरुयोजना अनुसार एसियाली विकास बैंकको ऋण सहयोगमा धावनमार्ग, ट्याक्सी वे, पार्किङ वे, एप्रोन लगायत पूर्वाधारको विस्तार भइरहेको छ । गुरुयोजना अनुसार निर्माण कार्य सकिएपछि अहिले जस्तो आकाशमा जहाज ुहोल्डु गराउनुपर्ने र साना जहाजलाई काठमाण्डौबाहिरका विमानस्थलमै ुहोल्डु गराउनुपर्ने समस्या समाधान हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय