कपिलवस्तु
हथौसा लिटिल स्टार अंग्रेजी आवासीय माध्यमिक विद्यालय वाणगंगा ११ ओदारी कपिलबस्तुको २० औँ बार्षिक उत्सव तथा नजिता प्रकाशन मंगबारबाट सुरु भएको छ ।
पहिलो दिन विद्यालयले बर्षभरी गरेका क्रियाकलापको जानकारी संगै, नतिजा प्रकाशन र बिभिन्न शीर्षकमा उत्कृष्टता हासिल गर्ने पिजी देखि ३ कक्षा सम्मका विद्यार्थीलाई पुस्कार सम्मान समेत गरिएको छ भने बाकी कक्षा ९ सम्मको नतिजा बुधबार प्रकाशन गर्ने विद्यालयका पिन्सिपल सुन्दर पाण्डे जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दैै कपिलबस्तु प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बिद्यालयको काम पढाउने मात्र नभएर अनुशासीत बानी निर्माण गर्ने पनि रहेको स्पष्ट पार्नु भयो । उहाँले अब हरेक विद्यालय विद्यार्थीको बानी निर्माण गर्नेतर्फ लाग्नुपर्ने जोड दिनु भयो । गुणस्तरिय शिक्षा नै आजको आवश्यकता रहेको बताउनु भयो ।
कार्यक्रमकै अवसरमा प्रिन्सिपल सुन्दर पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको बारेमा जानकारी गराउनु भएको थियो । जिल्लामा निरन्तर उत्कृष्ट स्थान हासिल गर्दै आएको विद्यालयको अबको मिसन प्रविधिमा जोड दिने, नैतिक र सामाजिक मूल्य मान्यतामा आधारित शिक्षा दिने, अत्याधुनिक पुस्तकालय निर्माण गर्ने, लगायतका रहेको बताउनुभयो ।
कार्यक्रममा बिभिन्न सामाजिक व्यक्ति राजनैकि दल, वडा अध्यक्ष नरेन्द्र प्रसाद थारु, लगायतको आतिथ्यता रहेको थियो भने विद्यालयका अध्यक्ष बाबुराम आचार्यको अध्यक्षता, शिक्षक रमेश भट्राईको स्वागत तथा कृष्ण थापाको सन्चालन रहेको थियो ।