कपिलवस्तुु
राष्ट्रियसभाको उपाध्यक्षमा लुम्विनीको भूगोलवाट निर्वाचित कपिलवस्तुकी सांसद विमला घिमिरेर निर्वाचित हुने सुनिशिचत भएको छ। चुनावका लागि दुईजनाको मात्रै उम्मेदवारी परेको छ । एमालेको तर्फबाट विमला घिमिरे र कांग्रेसबाट विष्णुदेवी पुडासैनीले मात्र मनोनयन दर्ता गराएका हुन् । एमालेको तर्फबाट उम्मेदवारी दिएकी घिमिरेलाई सत्ता गठबन्धनको पनि साथ भएकाले जित निश्चित छ । यद्यपि, गठबन्धनमा आवद्ध माधव नेपाल नेतृत्वको नेकपा एसले पनि उपाध्यक्षको भाग आफ्नो पार्टीले पाउनुपर्ने दाबी गरेको थियो ।
तर, आफ्नो भागमा नपर्ने भएपछि उम्मेदवारी पनि नदिइएको नेकपा एसका एक पदाधिकारीले नेपाल प्रेसलाई बताए ।माओवादी केन्द्रका १७, नेकपा एमालेका वामदेव गौतमबाहेक ९, नेकपा एसका ८ र जसपाका ४ सांसद छन् । ५८ जना सदस्य कायम रहेको राष्ट्रिय सभा उपाध्यक्ष जित्नका लागि ३० जना सांसद चाहिन्छ ।उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त उपाध्यक्ष पदमा निर्वाचन गर्न लागिएको हो ।
२०८० चैत्र २८, बुधबार १४:३३
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech