चन्द्रौटा ।
कपिलवस्तु चन्द्रौटामा नेपाल इन्जिनियरिङ्ग परिषदमा दर्ता नभई सञ्चालन गरिएको एक कन्सल्टेन्सी कारबाहीमा परेको छ ।
शिवराज नगरपालिका वडा नं ५ का मोहम्मद हामिदले कानून विपरित शाह इन्जिनियरिङ्ग कन्सल्टेन्सीबाट सेवा दिदैं आइरहेका थिए ।
जुन कन्सल्टेन्सीलाई परिषदको बैशाख २१ गतेको निर्णय अनुसार दुई महिनाको लागि इन्जिनियरिङ्ग व्यवसाय सम्बन्धी कार्य गर्न गराउन नपाउने गरी निलम्बन गरिएको छ ।
नेपाल इन्जिरिङ्ग परिषद् नियमावली २०५७ तेस्रो संसोधन २०८० सहितको नियम २३ को उपनियम ९२० बमोजिम निलम्बन गरिएको र सोहि नियमावलीको नियम २३ को उपनियम ९३० बमोजिम सम्बन्धित सबैलाई जानकारीको लागि बैशाख २३ गते परिषद्ले सूचना जारी गरेको छ ।
शाह इन्जिनियरिङ्ग कन्सल्टेन्सीले विगत ५ वर्ष देखि शिवराज क्षेत्रमा व्यवसाय संचालन गर्दै आइरहेको र यस क्षेत्रमा नयाँ तथा पुराना घरनक्साको काम गर्नुका साथै ठेक्का, बैङ्क तथा वित्तीय संस्थाहरुको घर जग्गा मूल्याङ्कन गर्दै आइरहेको थियो ।