२०८१ असार ८, शनिबार ०७:४५



सागर बेल्बासे
कपिलवस्तु


रक्तदान जीवन दान सम्झदै पार्टी स्थापनाको दुई वर्ष पुगेको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० कपिलवस्तुले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखामा रक्तदान गरेको रास्वपा जिल्ला सभापति शिव कुमार सुवेदीले अनलाइन सङ्ग बताउनुभयो ।

केन्द्रको निर्णय अनुसार विभिन्न कार्यक्रम भएपनि कपिलवस्तु सहित तराइ मधेशका जिल्लामा रगतको अभाव हुँदै गएको भन्दै उक्त समस्यालाई केहि हदसम्म भएपनि समाधान गर्न रक्तदान गरिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा रास्वपा प्रदेश प्रवक्ता कमल प्रसाद पोख्रेलले रास्वपा विशुद्ध देश र जनताको पक्षमा काम गर्ने उद्देश्यले स्थापना भएको भन्दै सो लय बाट नडगमगाउने बताउनुभयो । रगत दान गर्नु सबैभन्दा पुण्यको काम रहेकोले रगत दान गर्न आह्वान गर्नुभयो ।



रक्तदान कार्यक्रममा कार्यक्रम संयोजक एबम रास्वपा बाणगङ्गा नगर सभापति बुद्दिसागर बेल्बासे लाई रक्त संकलन गर्ने पाउच सेट हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी बाणगंगा उपशाखाका सभापति शंकर पाण्डे ले उदघाटन गर्नुभएको थियो। कार्यक्रम मा रेडक्रस उपशाखा मन्त्री कृष्ण अधिकारी,आजिवन सदस्य अधिवक्ता कमल प्रसाद आचार्य ,प्राबिधिक टिम लगायत सोसाइटीका पदाधिकारी, रास्वपाका जिल्ला कमिटी उप संयोजक गिता शर्मा,च्बत प्रदेस सदस्य देबिलाल कंडेल,निर्वाचन क्षेत्रीय सदस्य बिक्रम थापा,च्बत नगर संयोजक पदम रेग्मी,वडा सभापतिहरु,धनेश्वर खनाल,गोबिन्द जि सि पदाधिकारी तथा आम कार्यकर्ता समेतको उपस्थिती रहेको थियो।रक्तदान पछी बाणगङ्गा नगर कार्यालय मा जिल्ला सभापति शिव कुमार सुवेदी को सभपतित्व,लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेल को प्रमुख आतिथ्यता नगर सभापती बुद्दिसागर बेल्बासेको संचालन मा आम नेता कार्यकर्ता बिच अन्तरक्रिया संगै चियापान गर्दै रक्तदान गरेका रक्तदाताहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।बुटवलमा रगत अभाव हुंदा आज संकलित १ पोका रगत तीन दिन अघि चार नम्बर को दर्सन चोकम दुर्घटना परेका बाणगङ्गा २ राजपुरका घाइतेलाइ प्रयोग भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय