२०८१ असार ८, शनिबार २०:३४

कपिलवस्तु, 
राष्ट्रिय युवा सङ्घ नेपाल कपिलवस्तुले भदौ मसान्त भित्र जिल्ला अधिवेशन गर्ने भएको छ । शुक्रवार बाणगङ्गा नगर पार्टी कार्यालयमा बसेको जिल्ला आयोजक कमिटी कपिलवस्तुको प्रथम बैठकले यस्तो निर्णय गरेको हो । युवा सङ्घले अधिवेशनका लागि मातहतका सबै कमिटीहरू गठन प्रक्रिया थालिसकेको संघका जिल्ला संयोजक तिलक गिरीले जानकारी दिए । उनले समयमै जिल्ला अधिवेशन सम्पन्न गर्ने र जिल्ला कमिटीलाई चलायमान गराउने बताए ।


युवा सङ्घले अधिवेशनका लागि मातहतका कमिटीहरू गठनको प्रक्रिया शिवराज नगरपालिकाबाट सुरु गरेको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय युवा सङ्घ नेपाल स्थाई कमिटी सदस्य धनु अधिकारीले बताईन् । उनले समयमै कार्यविभाजन अनुसारका कामहरू सम्पन्न गर्न निर्देशन समेत दिएकी छन् ।


केन्द्रिय सदस्य एवं जिल्ला इन्चार्ज बिजय कुवर, केन्द्रिय सदस्य रामनयन यादव तथा सङ्घका प्रदेश कमिटी सदस्यहरूको उपस्थिति रहेको बैठकको सञ्चालन आयोजक कमिटी सदस्य पवनराज पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय