२०८१ असार ११, मंगलवार ०५:५२

कपिलवस्तु 

साउदी अरबको राजदूत कपिलवस्तुको भागमा परेको छ । कानुनमन्त्री पदम गिरीका अनुसार कपिलवस्तुको मायदेवी गाँउपालिका वडा नम्बर २ भैसकुण्डाका अबु सुफियान खान मुसलमानको नाम साउदी अरबका लागि सिफारिस भएको हो ।राजनैतिक भागवण्डामा राजदूत नियुक्त भएकोमा असोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मुसलमान सिफारिसमा परेका हुन् । कपिलवस्तु घर भए पनि मुसलमानले काठमाडौँमा ब्यवसाय गर्दै आएका छन् ।राजदुतमा सिफारिस भएका मुसलमानले साउदी अरबमा रहेका कामदार र नेपाल हजयात्रीका समस्या समाधान गर्नु आफ्नो दायित्व रहेको बताए ।

कपिलवस्तु दोस्रो मुस्लिम बहुल्यता भएको जिल्ला हो । त्यसैकारण पनि जिल्लाले राजदूत पाएको उक्त पार्टीले जनाएको छ ।साउदीसंगै रिक्त रहेका ११ मध्ये आठ मुलुक भारत, अमेरिका, बेलायत, दक्षिण कोरिया, डेनमार्क, मलेसिया र स्पेनमा राजदूत सिफारिसको निर्णय भएको छ ।सरकारले अझै इजरायल, पोर्चुगल र कतारका लागि राजदूत सिफारिस गर्न बाँकी छ 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय