शागर बेल्बासे
कपिलवस्तु
पछिल्लो समय क्षणिक भौतिक सुख सुबिधाका लागि रमाउन पाटि पौवा,वर पिपल चौपारी,कुवा पंधेरा इत्यादि का बिनास गर्दै भौतिक बिकासको रमझम मा पल्केको समाजमा केही उदयमान युवा जमात प्रकृतिको महत्त्वलाई स्थाइत्व राख्नेमा अग्रसर भएका छन।
बाणगङ्गा का खेलप्रेमी युवा जगत को बाणगङ्गा स्टार स्पोर्ट्स क्लबले टि २० बिस्वकप २०२४ खेलमा नेपाली टिमको प्रसंसनिय प्रस्तुति को उत्साह मा बृहत बृक्षारोपण घोषणा गरेबमोजिम को कार्यक्रम आज सम्पन्न गरेको छ।
बाणगङ्गा नगरपालिका वडा नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्र को परिसरमा आज बाणगङ्गा स्टार स्पोर्ट्स क्लब का अध्यक्ष मनिश घिमिरे को अध्यक्षता वडा नम्बर १ का अध्यक्ष सन्जु कुमार सारुको प्रमुख आतिथ्यता सहित बृहत बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।संस्थाका सदस्य किरण घिमिरे कार्यक्रम संयोजक रहेको उक्त कार्यक्रम मा उत्तमनगर आधारभूत स्वास्थ्य सेवा केन्द्र का कार्यालय प्रमुख इस्वरा खरेल,स्वास्थ्यकर्मी मेनका घिमिरे ,भगवती थापा,ब्यबस्थापन समिति सदस्य बुद्दी सागर बेल्बासे,टोल बिकास अध्यक्ष तुल बहादुर सुर्यबंशि लगयतको सहभागिता रहेको थियो।
हरेक प्राणिलाइ बोट बिरुवाबाट प्राप्त हुने फाइदा, प्रकृति संरक्षणमा युवाहरुको उत्साह र आफू मातहत को स्वास्थ्य केन्द्र परिसर मा गरिएको बृक्षारोपण प्रती धन्यवाद दिदै कार्यक्रम मा बुद्दी सागर बेल्बासे,इस्वरा खरेल र सन्जु कुमार सारुले कार्यक्रम पुर्ण सफलता को शुभकामना मन्तव्य राख्नुभएको थियो।प्रमुख अतिथी सारु सहित उपस्थित सबैले बिरुवा रोपेर आजको कार्यक्रम सम्पन्न भएको छ।
धेरैले बृक्षारोपण गरे पश्यात ती बिरुवाको रेखदेख र संरक्षणमा ध्यान नदिने पाइएकाले आफुहरुले लगाएका निम,दालचिनी,कल्की लगायत का विभिन्न आकर्षक फुलहरुका बोट बिरुवाको पुर्ण संरक्षण गरि प्रकृतिको महत्त्वलाई समाजमा चेतना फैलाउन लागि पर्ने कुरा संस्थाका अध्यक्ष मनिस घिमिरेले जनाउनुभएको छ।संस्थाका उपाध्यक्ष तिलक पौडेल को स्वागत मन्तव्य सहित गरिएको कार्यक्रम मा,संस्था का सचिब सागर बन्जाडे,सहसचिव अमित भुसाल,कोषाध्यक्ष श्रवण पौडेल सदस्य क्रमशः अनिल भट्टराई ,अमन मिश्र ,केशब घिमिरे कृतज्ञ खनाल,किरण घिमिरे लगायतको उपस्थिति रहेको थियो।कार्यक्रम को संचालन संस्थाका सचीव सागर बन्जाडेले गर्नुभएको थियो।