काठमाण्डौ –
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट दुई तिहाइ सांसदको समर्थन प्राप्त गर्नुभएको छ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री ओलीको पक्षमा १ सय ८८ जना सांसदले मत दिए । यस्तै प्रधानमन्त्रीको विपक्षमा ७४ जना सांसदले मत दिए भने १ जना सांसदले ‘मत दिन्नँ’ भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । आजको बैठकमा २ सय ६३ जना सांसद उपस्थित थिए ।
२७५ सदस्यीय प्रतिनिधि सभामा दुई तिहाइका लागि १ सय ८४ जना सांसदको समर्थन आवश्यक पर्छ । यस्तै बहुमतका लागि १ सय ३८ सांसदको समर्थन चाहिन्छ ।
आजको प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा ९एमाले०, जनता समाजवादी पार्टी ९जसपा०, जनमत पार्टी, जनता समाजवादी पार्टी ९जसपा० नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् । यस्तै प्रधानमन्त्रीको विपक्षमा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, नेकपा ९एकीकृत समाजवादी० लगायतका सांसदले मत दिए ।
नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली नेपाली कांग्रेसको समर्थनमा गएको असार ३० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।