२०८१ श्रावण ९, बुधबार ०६:४०

कपिलवस्तु 

नेकपा एमालेले लुम्बिनी प्रदेशका चार मन्त्रीको नाम टुंगो लगाएको छ ।मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि बुधबार पद तथा गोपनीयताको सपथ लिने छन् । एमाले संसदीय दलका नेता लीला गिरीलाई रोकेर सांसद आचार्य सोमबार मुख्यमन्त्री नियुक्त भएका थिए ।सपथसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ ।

एमालेबाट भूमिश्वर ढकाल, दिनेश पन्थी, खेमबहादुर सारु मगर र सीता शर्मा चौधरीले भोलि मन्त्रीको शपथ लिनेछन् ।एमाले प्रमुख सचेतक तुलसी चौधरीले भने, ‘कांग्रेससँग छलफल भइरहेकाले मन्त्रालय टुंगिएको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय