२०८१ श्रावण ३०, बुधबार ०६:०६

बारा

बाराको जितपुरसिमरा उपमहानगर पालिकामा एक शिक्षिकाको विषयलाई लिएर नगर प्रमुख र वडा अध्यक्षबीच ‘हानाहान’ भएको छ । आज ९मंगलबार० जितपुरसिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र नगर प्रमुख राजन पौडेलबीच विवाद चर्किएर हात हालाहालको अवस्थामा पुगेको हो ।विवादको जड भने सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयकी शिक्षिका सीता अधिकारीलाई नगर प्रमुख पौडेलले हाजिर गराउन खोज्दा भएको थियो । नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर गराउने प्रयास गरेपछि विद्यालयमै वडा अध्यक्ष श्रेष्ठ र नगर प्रमुखबीच विवाद भएको थियो ।नगर प्रमुख पौडेलले वडा नम्बर–२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर–७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरे । यस्तै फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सीता अधिकारीको सरुवा गरी वडा–२ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाए ।

नगर प्रमुख पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठको चित्त बुझेन । उनले विरोध गरे । उनले आफूसँग सल्लाह समेत नगरी शिक्षक सरुवा गरेको भन्दै निर्णय नमान्ने बताएका थिए । विवादपछि नगर प्रमुख पौडेलले शिक्षिका अधिकारीलाई हाजिर नगराई फर्केका छन् । वडा नम्बर–१६ का अध्यक्ष हरिदेव खरेलले घटनाको पुष्टि गरेका छन् । नगर प्रमुख र वडा अध्यक्षबीचको उक्त विवादको दृश्य अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । नगर प्रमुख पौडेलले जवरजस्ती हाजिर गराउन खोज्दा वडाध्यक्षसँग हात भएको बताइएको छ । झडपको अवस्था सिर्जना भएपछि ईलाका प्रहरी कार्यालयबाट डिएसपी चिरन्जीवि पौडेल त्यहाँ पुगे । सुरक्षाकर्मी कडा रुपमा प्रस्तुत भएपछि अप्रिय घटना घटेन सकेन ।

नगर प्रमुख र वडाध्यक्ष दुबैले आफ्ना समर्थक लिएर विद्यालयमा पुगेका थिए । स्थानीयका अनुसार प्रहरी समयमा नपुगेको भए विद्यालय रणमैदान बन्ने थियो । विद्यालयमा गएरै लफडा गरेको विषयमा नगर प्रमुख पौडेलसँग सम्पर्क गर्दा हुन सकेन । वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको विद्यालयमा सरुवा भएको आएको ६ महिना नवित्दै शिक्षक मेघराज बराललाई वडा ७ को विद्यालयमा पठाएपछि विवाद भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय