काठमाण्डौ
गएको आर्थिक वर्षमा खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत भ्रमण आय अर्थात् विदेशीले नेपालमा गर्ने खर्च ३२ दशमलव १ प्रतिशतले वृद्धि भई ८२ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ६२ अर्ब ३० करोड रहेको थियो ।
यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्यय ३१ दशमलव १ प्रतिशतले बढेर एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको एक खर्ब २५ अर्ब १३ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ४४ अर्ब ५२ करोड रहेकोमा शिक्षातर्फको खर्च एक खर्ब ४२ करोड रुपैयाँ रहेको थियो