२०८१ भाद्र ३, सोमबार १५:१०

काठमाडौं 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बीएण्डसीले पाएको सम्बन्धनविरुद्ध डा। गोविन्द केसीले सर्वोच्च अदालत पुगेका छन् ।बीएण्डसीले पाएको सम्बन्धन त्रुटिपूर्ण रहेको दाबी गर्दै केसी आइतबार आफैँ सर्वोच्च अदालत पुगेर निवेदन दर्ता गराएका हुन् ।केसीले यसअघि बीएण्डसीको पक्षमा भएको बदर हुनुपर्ने माग गरेका छन्,

जसमा उनले ८ वटा कारण देखाएका छन् ।यसअघि अदालतले ०८० चैत १२ गते सर्वोच्चले प्रसाईंको मेडिकल कलेजलाई प्रक्रिया पूरा गरी सम्बन्धन दिनु भनि आदेश दिएको थियो । न्यायाधीशद्वय कुमार चुँडाल र सारङ्गा सुवेदीको इजलासले प्रसाईंको मागअनुसार रिट जारी हुने निर्णय सुनाएको थियो ।त्यसविरुद्ध केसी पुनस् अदालत पुगेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय