जितपुर ।
लगातारको वर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेका छन् । अझै दुईदिन सम्म वर्षा हुने भएकाले उच्च सर्तकता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । यस्तै अविरल वर्षाका कारण कपिलवस्तुका विभिन्न ठाउँ डुबानमा परेका छन् ।
पछिल्लो जानकारी अनुसार बाणगंगाको चारनम्बर, बैरिया लगाएतका ठाउँ डुबानमा परेका हुन् । चारनम्बर जितपुर, बैरियामा अवस्थित घर तथा पसलहरु डुबानमा परेका छन् ।
कपिलवस्तुको चारनम्बरमा रहेको लुम्बिनी कृषि कम्पनीको कार्यालयमा डुबान हुँदा अन्दाजी २५ लाखको क्षति भएको छ । उक्त क्षेत्रमा डुबान हुँदा विभिन्न सामाग्री सहित महत्वपूर्ण कागजपत्र नष्ट भएको प्रालिका सञ्चालक कैलास चौधरीले जानकारी दिए ।
बाणगङ्गाका अधिकांश स्थानहरु अहिले डुबानमा परेका छन ।
पानीको उचित निकास नहुँदा उक्त क्षेत्र वर्षौ देखि डुबानमा पर्दै आएको छ । यस्तै ओयसिय सिनेमा हल, वित्तिय संस्था, अस्पताल, पसलहरु डुबानमा पर्दा ब्यपारीलाई सास्ती भएको छ । यसका साथै हिडडुल गर्नपनि समस्या भएको छ ।
कपिलवस्तु सहित देशका विभिन्न विभिन्न स्थानमा अविरल वर्षा भैरहेको छ । जिल्लाको बाणगंगा र कोइली खोलाले जोखिम तह पार गरेकोले सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ । यस्तै जिल्लाका बुद्धभूमि, शिवराज, तौलिहवा, कृष्णनगर लगाएतका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।