शागर बेल्बासे कपिलवस्तु
बडा दशैंको आगमनसँगै देश विदेशमा रहेका हरेक नेपालीहरूको मनमा उमङ्ग छाउनु स्वाभाविकै हो। यसपालीको बडा दशैंको अवसरमा बैरिया युवा समाजको सक्रियतामा बाडगंगा नगरपालिका वार्ड नं १ बैरिया स्थितको श्री नवदुर्गा देवी भगवती मन्दिर दुलही जस्तै झिलीमिली सहित सिगारिएको छ। परम्परागत रूपमा चलिआएका र शास्त्रीय मान्यता अनुसार गरिने दैनिक नित्यकर्मका साथमा घटस्थापना सँगै प्रवेश भएको नवरात्र मा नवदुर्गादेवी भगवतीको पूजा आराधना सँगै स्थानीय संस्कृति प्रेमिहरुको सन्ध्याकालीन नवदुर्गा आरती अन्य भजनहरु समेतले यस क्षेत्र अत्यन्त रमणीय बन्दै गएको छ। घटस्थापनाको सुरुवात सँगै यस क्षेत्रका आम भक्तजनहरूको उपस्थितिमा हरेक बेलुका अत्यन्त उत्साहपूर्वक भजन कीर्तन चलिरहेको छ। साथै यस वर्षको नवरात्र पूजा सँगै कोजाग्रत पुर्णिामा को दिन परम्परागत रुपमा गरिदै आएको सरायं नाच लाई अझ भब्य ढङ्गले प्रस्तुत गर्न नेपाली परम्परागत लोक संस्कृति प्रतिस्ठान का अध्यक्ष बुद्दी सागर बेल्वासेको संयोजकत्वमा टिम बनाइ उत्कृष्ट प्रस्तुति का लागि युवा समाज सक्रियता पुर्वक लागिरहेको बैरिया युवा समाजका अध्यक्ष बिस्णु घिमिरेले जनाउनुभएको छ।छोटो समयमै युवा समाजले यश क्षेत्रमा सरसफाइ ,बाताबरण ,धर्म ,संस्कृति संरक्षणमा महत्त्वपूर्ण योगदान देखाइ सकेकोले मन्दिरमा बिगत देखि भैरहेका क्रियाकलाप लाई युवा समाज संग सहकार्य गरि यश बर्सको नवरात्र संगै सरायँ नाचको जिम्मेवारी प्रदान गरिएको मन्दिर ब्यबस्थापन समितिले जनाउनुभएको छ।युवा समाज मा यश क्षेत्र का उद्योगि,ब्यबसाइ कर्मचारी समाजसेवी क्रमश सुरेश क्षेत्री, राजु पन्त, मनोज पौडेल,झविलाल भट्टराई ,ज्ञानु पौडेल ,श्याम घिमिरे , भुमेश्वर खनाल, सोनु पौडेल वीरेन्द्र श्रेष्ठ ,नारायण श्रेष्ठ, महेश पन्त ,लिलावती घिमिरे ,बुद्धिसागर बेलबासे, नवदत्त घिमिरे ,दोलकराम घिमिरे,उमनाथ पौडेल,नारायण पौडेल ,सुवर्ण शमशेर घिमिरे ,डिल्लीराज खनाल, विष्णु घिमिरे , केशव कँडेल, हिमालय भुषाल लगायत यस क्षेत्रका धेरै युवाहरूको सक्रिय सहभागिता रहेको छ। साथै उक्त सरायँ नाच भव्य रुपमा सफल बनाउनका निम्ति लायन्स क्लब कपिलवस्तुको तर्फबाट समेत १५ जना सदस्यहरु उपस्थित गराउने लायन्स क्लब अफ कपिलवस्तुका अध्यक्ष नवदत्त घिमिरेले जानकारी गराउनुभएको छ।युवा सामाज को रचनात्मक क्रियाकलाप ले यश क्षेत्र को सामाजिक रुपान्तरण मा समेत स्थानीय स्तरमा ठूलो आशा पलाएको छ।
२०८१ आश्विन १९, शनिबार २३:२०
ताजा समाचार
लोकप्रिय
© 2024 Leading News Portal || Jana Aawaz | All Rights Reserved | Contact us | Pravicy Policy | Disclaimer
Powered By: Pro-Tech