२०८१ आश्विन २६, शनिबार १४:५८

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनानमा खटिएका शान्ति सैनिकमाथि गोली नचलाउन इजरायलसँग आग्रह गर्नुभएको छ । लेबनानमा हिजबुल्लाहसँगको लडाइँका क्रममा इजरायलले संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएको एक दिनपछि राष्ट्रपति बाइडेनले यस्तो नगर्न आग्रह गर्नुभएको हो ।

पछिल्लो ४८ घण्टामा लेबनानमा संयुक्त राष्ट्रसंघीय शान्ति सैनिकमाथि गोली चलाएका दुई घटना भएका छन् । लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय अन्तरिम बल ९युनिफिल० का दुई जना श्रीलङ्काली सैनिक गोलीबारीका क्रममा घाइते भएका छन् । इजरायली सेना ९आईडीएफ० ले घटनाको लागि आफ्ना सैनिकहरू जिम्मेवार रहेको बताएको छ ।

इजरायली सेनाका अनुसार नाकुरामा युनिफिलको आधार नजिकै काम गर्ने इजरायली सैनिकले खतराको डरले गोली चलाएका थिए । फ्रान्स, इटाली र स्पेन लगायतका देशले यस घटनाको लागि इजरायलको कडा निन्दा गरेका छन् । तीन देशले संयुक्त वक्तव्य जारी गर्दै इजरायलको कार्य पूर्ण रूपमा गलत भएको बताएका छन् । श्रीलङ्काको विदेश मन्त्रालयले पनि इजरायली सेनाको कारबाहीको कडा निन्दा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय