काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत महसुल वापतको बक्यौता नबुझाएको भन्दै ४३ उद्योगको विद्युत् लाइन काटिदिएको छ। प्राधिकरणले यस अघि १५ दिन भित्र डेटिकेटेड फिडर र ट्रंक लाइन वापतको बक्यौता महसुल बुझाउन समय दिएको सयम बिहीबार साँझ सकिएपछि प्राधिकरणले ८ बजेबाट महसुल नबुझाएका उद्योगको लाइन काट्न सुरु गरेको थियो ।
प्राधिकरणले घोराही सिमेन्ट, सोनापुर सिमेन्ट,अर्घाखाँची सिमेन्ट, भलवारी स्वचालित चामल उद्योग, एसआर फुड्स, श्याम प्लास्टिक, घराना फुड्स, गोयन्का फुड्स, कसमस सिमेन्ट, र बाबा जुट मिल लगाएतका उद्योगका लाइन काटेको छ ।
अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले आफ्नो उद्योगको लाइन काटिएको पुष्टि गरे । अर्घाखाँची सिमेन्ट देखि एसआर फुड्स लगायतका १० उद्योगको लाइन काटिएको जानकारी आएको छ, अग्रवालले सिधाकुरासँग भने, हाम्रो उद्योगको लाइन ८ बजेर ८ मिनेटमा काटिएको थियो । अरुको त्यस लगत्तै काट्न थालिएको छ ।
प्राधिकरणकाअनुसार पछिल्लो समय उधारो बाँकी रहेका ७ उद्योगले मात्रै वक्यौता तिरेका थिए । बाँकी वक्यौता रहेका र म्याद भित्र रकम नतिर्नेको लाइन काटिने प्राधिकरणले जनाएको छ ।
अर्घाखाँची सिमेन्टका सञ्चालक एवम् नेपाल उद्योग वाणिज्य महासंघ उद्योग समिति सभापति अग्रावालले विद्युत् प्रयोग गरेको प्रमाण नदिइ उद्योगको लाइन काटेर ज्यादती भएको बताए ।