२०८१ कार्तिक २३, शुक्रबार १६:४८

कपिलवस्तु 

माँ कामाख्याको पुजा गर्न बुटवलमा भारतीय पर्यटकको घुइँचो लाग्ने गरेको छ ।यो संगै पर्यटकको रोजाईमा बुटवलका केबलकार परेका हुन ।विस २०८० जेठ २५ गते औपचारिक रुपमा उद्धघाटन गरिएको लुम्बिनी केबलकार प्राली सेवा सुरुवात गरेको डेढ वर्षमा लुम्बिनी प्रदेशका प्रमुख गनतव्यका रुपमा आन्तरिक तथा बाह्य मुलुकका पर्यटकहरुमा परिचित भएको छ । बुटवलबाट नजिकै रहेर पनि पैदल दुरीका कारणले सबै उमेर समुहका मानिसहरुका लागि पहुँच नरहेको प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बसन्तपुर क्षेत्र अहिले केबलकार सञ्चालनमा आएपछि आन्तरिक र बाह्य पर्यटकहरुले भरिभराउ छ ।
रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं ३ देखि पाल्पा जिल्लाको तिनाँउ गाँउपालिकाको वडा नं ३ बसन्तपुर जोड्ने लुम्बिनी केबलकार दुई किलोमिटर ६०० मिटरको दुरीमा युरोपेली प्रविधिमा आधारित रहेर वि। स। २०८० जेठ १५ देखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । अष्ट्रियाको डुपलमायर कम्पनीले तयार गरेका उच्चस्तरीय २५ वटा गोण्डोला मार्फत लुम्बिनी केबलकार प्रा।लीले आफ्नो सुविधा दिईरहेको छ ।

आफ्नो सेवा सुरुवात भएको छोटो समयमा नेपाली र दोस्रो मुलुकमा विशेषगरि भारतिय पर्यटकहरुका लागि भगवान गौतम् बुद्धको जन्मस्थल पछि पहिलो प्राथमिकताको पर्यटकीय गनतव्य बसन्तपुर पर्नुमा केबलकारको सवारी मात्रै नभई बसन्तपुरमा रहेको माँ कामाख्या माताको मन्दिर रहेको छ । विशेषगरि भारतिय तिर्थालु तथा भक्तजनहरुले तान्त्रिक विधिबाट पुजा गरि आफ्ना मनोभावनाहरु पुरा गर्नमा लागि जीवनमा एक पटक माँ कामाख्याको पुजा गर्नु पर्ने धार्मिक विश्वासका कारण लुम्बिनी केबलकार प्रा।लीले स्थापनाको पहिलो वर्षमा नै छिमेकी देश भारतका विहार तथा उत्तरप्रदेशका पर्यटकहरुको ध्यान केन्द्रित गर्न सफल भएको पाईन्छ ।

आन्तरिक अर्थतन्त्रलाई आन्तरिक लगानीका माध्यबाछ मजबुत बनाउने अवधारणामा आधारित रहेको आईएमई गुरुपले ५ अर्ब बराबरको बिग प्रोजेक्टमा रुपमा सञ्चालन गर्न लागेको बुटवल हिल्सको एउटा महत्वपूर्ण पिलरको रुपमा लुम्बिनी केबलकारलाई मानिन्छ छ । जुन साढे तीन खर्ब लगानीमा सञ्चालनमा आएको छ । दोस्रो चरणका लगानीमा बसन्तपुरमा १ सय ४० कोठाको पाँचतारे होटल सञ्चालनमा ल्याउने जसले गर्दा यस क्षेत्रको आर्थिक गतिविधि थप चलाएमान हुने अपेक्षा स्थानीय अन्य व्यवसायीहरुले गरिरहेका छन् ।

बुटवल हिल्सले आफ्नो बिग प्रोजेक्टको एउटा मात्रै पाटो केबलकार सञ्चालन गरिरहेको अवस्थामा १०० जना भन्दा धेरैलाई प्रत्यक्ष रोजगारी दिईरहेको छ भने केही वर्ष भित्र सञ्चालनमा आउने पाँचतारे होटल तथा क्यासिनोका कारणले छिमेकी जिल्लाहरुका युवाहरुलाई समेत आन्तरिक रोजगारी अवसरहरु सिर्जना गर्ने अपेक्षा राख्न सकिन्छ । नेपालका तराईका जिल्लाहरुको तुलनामा ८ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने बसन्तपुर क्षेत्र नेपाली तराई तथा बाह्य पर्यटकमा लागि गर्मियाममा पहिलो केन्द्र बनिरहेको छ । जसलाई सेवा सञ्चालनको करिब डेढ वर्षमा ३ लाख ५० हजार भन्दा धेरैले प्रत्यक्ष भेट गरेको तथ्याङ्क रहेको केबलकार प्रा।लि। प्रशासनले बताएको छ ।

सिद्धार्थ केवलकारमा पनि पर्यटकको रोजाइमा
औपचारिक उद्धघाटनको अन्तिम चरणमा रहेको बुटवलकोे सिद्धार्थ केवलकार पनि आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीको नजिकै रहेकाले यहाँ कमलको फूल आकारमा लोटस–पार्क निर्माण गरिने भएको छ।

नुवाकोटमा मणिमुकुन्द सेनको पालामा निर्माण गरिएको भैरव मन्दिर छ। यसलाई अग्लो त्रिशुलले सजाइएको छ। त्यस्तै मणिमुकुन्द सेनको गृष्मकालीन दरबारको भग्नावशेष, राजा रूद्र सेनले स्थापना गरेको शिव लिंग, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरू ऋषिको आश्रमस्थल, भैरव कामना मन्दिर, खड्ग मन्दिर, अग्लो त्रिशुल तथा ऐतिहासिक रानीकुवा छ। केबलकारसँगै टप–स्टेसनमा सांस्कृतिक डबली, ढुंगेधारा, होटल तथा रेस्टुरेन्ट लगायत पूर्वाधार बनाइएका छन्।

ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण र रमणीय भएकाले नुवाकोटमा सरकारले सडक निर्माण गरेसँगै निजी क्षेत्रबाट गुरूयोजना सहितका अर्बौंका योजना अगाडि सारिएका हुन्। गुरूयोजनाभित्र केबलकार सँगै बसपार्क, चिल्ड्रेन पार्क, पर्यटन सूचना केन्द्र, ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयले निर्माण गर्ने शान्ति पार्क, गुम्बा, भ्यू–टावर, स्वास्थ्य केन्द्र लगायत संरचना समावेश गरिएका छन्।

पर्यटकको रोजाई बन्नुको कारण
बसन्तपुर केबलकार सञ्चालनमा आउनुपूर्व नै देवी भगवतीको मन्दिर रहेको थियो । जुन मन्दिरमा दैविक शक्ति रहेको मान्यतामा आधारित रहेर पैदल यात्रा गर्न सक्ने मानिसहरु दर्शनका लागि बुटवल र पाल्पाबाट आउने गरेको स्थानीय अगुवाहरुले बताएका छन् । आईएमई गुरुपले देवी मन्दिरको जिणोद्धार र सोही परिसरमा तान्त्रिक विधिबाट पुजा गरिने माँ कामाख्या मन्दिरको निर्माण एवम् सर्वसाधारणका लागि पुजाका लागि खुला गरिसकेपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाईको गनतव्य बनेको हो ।

बसन्तपुरमा धार्मिक गतिविधिका अतिरिक्त साहसिक पर्यटनमा रमाउनेहरुका लागि घोडा सफारी , जीप लाईन , स्काई वाक , स्काई पिङ्ग, बालबालिका लागि निःशुल्क बाल उद्यान , नि शुल्क पिकनिक स्पोर्टस् , भेज नजभेज रेष्टुरेन्ट, जाईन स्वीङ्ग, स्काई साईकिलिङ्ग, वाटर फाउन्टेन, बुटवल भ्यू पोईन्ट, वीन्स फलाई, डिम्र लक जोन , विश्राम चौतारी तथा मौसम सफा र खुलेको समयमा देखिने मनास्लु र अन्नापूर्ण हिमालको सौन्दर्यताले समेत पर्यटकहरुलाई बसन्तपुर भेट्न लालायित गरिरहेका हुन् ।

बढ्दो अव्यस्थित शहरीकरण , अस्वस्थ्य जीवनशैलीबाट आक्रान्त बनेका ,व्यस्त दैनिकीबाट शरिरलाई प्राकृतिक रुपमा थेरापी वा रिफ्रेस गर्न चाहनेहरुका लागि मनोरम प्राकृतिक सौन्र्दयता चराचुरुङ्कीको चिरविर शैलीका आवाज पर्यटकका लागि बसन्तपुरका प्रमुख आर्कषण हुन । यसैगरि नेपाली ग्रामिण अर्थतन्त्र , त्यहाँकोे जीवनशैली परिवर्तन गराउनका लागि भौतिक पूर्वाधारको सहयोग र आवश्यकताका बारेमा तुलनात्मक अध्ययन गर्नका लागि समेत बसन्तपुर पुग्नु आवश्यक छ । हरेक धार्मिक अवसरहरुमा केही न केही नयाँ गरिरहेको लुम्बिनी केबलकार प्रा ।ली। प्रत्येक नेपाली महिनाको १ गते सक्रान्तीको अवसर पारेर महा आरती गर्दै आएको छ । जसलाई अवलोकन गर्नका लागि छिमेकी देश भारतका शहरहरु लखनउ, गोरखपुर र नेपालका विभिन्न ठाँउहरुबाट तिर्थालुहरुको आवागमनले बसन्तपुर चम्किरहेको हुन्छ । यस्तै औपचारिक रुपमा संचलानमा नआएको सिद्धार्थ केवलकारमा पनि पछिल्लो समय भिडभाड बढी रहेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत के गरिरहेछ रु
स्थापनाको छोटो समयमा आफ्नो छुट्टै पहिचान बनाएको प्रा।ली।ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत स्थानीय सामुदयिक वनमा दुई वटा वनपाले राख्नु साथै शैक्षिक अवलोकन भ्रमणका क्रममा आउने विद्यर्थीहरुलाई केबलकारको टिकटमा विशेष सहुलियत उपलब्ध गराएको छ । यो सुविधाका लागि समुहमा ५० जना हुनु पर्ने रहिछ । यो परियोजना सञ्चालनमा आएसँगै तिनाउका करिब ३ दर्जन घरपरिवारलाई निः शुल्क खानेपानी सुविधा उपलब्ध रहेको जानकारी परियोजन प्रमुख डि एन कायस्थ बताउछन् । बटम स्टेशन र टप स्टेशन दुवै स्थलका भौतिक पूर्वाधारहरु हरेक प्रकारका शारीरिक क्षमताका लागि अनुकुल रहेको पाईन्छ ।

बसन्तपुरका स्थानीय नागरिकहरुले उत्पादन गरेका रैथाने जातका जुनसुकै उत्पादनहरु बसन्तपुर क्षेत्रबाट पर्यटकहरुलाई सम्झनाको चिनोका रुपमा बिक्रिवितरण गर्न पाउने व्यवस्था गरिरएको छ । केबलकार सञ्चालन गरिरहेको कम्पनी टिकट शुल्कको १÷१ प्रतिशत दुवै स्थानीय तहलाई बुझाउनुका अतिरिक्त बुटवल ३ मा रहेको मुख्य सडकमा डिभाईडर , सडक सुरक्षा कबच, राख्ने र हरियाली प्रर्बद्धन गर्ने काम गर्नुका साथै तिनाउ ३ का ग्रामिण सडकहरुको पनि समय समयमा मर्मत गरिरहेको छ ।

पछिल्लो एक दशकदेखी बुटवललाई केन्द्रमा राखेर भौतिक पूर्वाधारका क्षेत्रमा अर्बौका योजनाहरुमा तिनै तहका सरकारहरुले लगानी गरिरहेको अवस्थामा निजी क्षेत्रबाट पनि खर्बौका दीर्घकालिन पोजेक्टहरुमा लगानी गरिएका छन् ।

ती लगानीहरुले सफलतापूर्वक आफ्ना उत्पादन र सेवाहरु उपभोक्तामा पुर्याउन पाउनेछन् भन्ने आसा विगत ५ वर्ष देखि बुवललाई देशको आर्थिक राजधानी बनाउने विषय चर्चामा आएको छ । बुटवल हिल्स जस्ताँ थप एक दर्जन निजी क्षेत्रका लगानीकर्ताहरुले यहाँको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकास , बिस्तार , प्रविधि, उद्योग , व्यापार , वाणिज्य क्षेत्रमा लगानी गरि निरन्तरता दिन सक्ने वातावरणको सिर्जना हुन सकेमा आर्थिक राजधानीको सैद्धान्तिक बहसले व्यवहारिकता प्रदान गर्नेछ ।
आन्तरिक र बाह्य लगानीकर्ताहरुलाई रुपन्देहीमा लगानी गर्नमा लागि आर्कषित गर्नमा यो प्रोजेक्टले काम गरिरहेका कारण पनि बुटवललाई आर्थिक राजधानीका रुपमा अगाडि बढाउने आधारका रुपमा लिन सकिन्छ । केबलकार सञ्चालनमा आएसँगै बुटवलको आर्थिक गतिविधि चलायमान बनाउनमा अदृश्य योगदान बढिरहेको छ । यसलाई थप प्रभावकारी र देखिने बनाउनका लागि यहाँ रहेका व्यवसायिक सस्थाहरुका बीचमा आपसी सहकार्यका माध्यमबाट विशेष गरि बाह्य पर्यटकहरुको बसाँइलाई लम्बाउन जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय